कांग्रेस उम्मेद्वारको यस्तो हर्कत,मध्यरातमा महिलामाथि हातखुट्टा बाँधेर कुटपिट
प्रकासित मिति : २०७४ जेष्ठ १२, शुक्रबार ००:१४
प्रकासित समय : ००:१४
काठमाडौं , नुवाकोटमा भोट नहालेको भन्दै एक महिलालाई मध्यरातमा हातखुट्टा बाँधेर कुटपिट गरिएको छ । स्थानिय तहको चुनावमा किस्पाङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वारलाई भोट नहालेको भन्दै स्थानीय मञ्जुमाया घलेलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको हो ।
स्थानीय उम्मेदवारको निर्देशनमा आएका कांग्रेसका कार्यकर्ताहरुले मञ्जुमाया घलेलाई चुनावमा अर्को उम्मेदवारलाई भोट हालेर आफूलाई हराएको भन्दै घलेमाथि सांघातिक आक्रमण गरेका हुन् ।
उनलाई ७ जनाको समूहले आएर आक्रमण गरेको स्थानीयले बताएका छन् । घलेलाई मुखमा बुजो समेत लगाएर कुटपिट गरेको बताइएको छ । हाल उनी स्थानीय अस्पतालमा उपचाररत अवस्थामा छिन् ।