युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि म्यान्चेस्टर युनाईटेडलाई

 युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि इंग्लिश फुटबल क्लव म्यान्चेस्टर युनाईटेडले जितेको छ । स्विडेनको स्टकहोल्ममा गएराति भएको फाईनल खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई २–० ले हराँउदै म्यान्चेस्टर युनाईटेडले उपाधि जितेको हो ।

खेलमा म्यान्चेस्टरलाई विजयी गराउन पउल पोग्बा र हेनरिक मख्तरियानले एक–एक गोल गरे । जितसँगै म्यान्चेस्टर युनाईटेड अर्को सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि छनौट भएको छ ।

पोर्चुगिज प्रशिक्षक जोजे मौरीन्होले यो सिजनको इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेडलाई शीर्ष चारभित्र पार्न सकेका थिएनन् । त्यसैले म्यान्चेस्टर युनाईटेडका लागि गएरातिको खेल च्याम्पियन्स लिगमा छनौट हुने एकमात्र विकल्प थियो ।

उता गएरातिको खेलमा पराजित भएको आयाम्स भने डच लिगमा दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनौट भईसकेको छ ।