पर पुरुषसंगको पहिलो रात
मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुुमति देलान् र अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ ।
‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ । र, सीधै रुद्रको कोठा गएँ । तर, रुद्र खुसी भएन । खुसीमा वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो । शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो । रुद्रले मलाई साडी लगाउन दियो ।
सेतो साडीमा ससाना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन । पहिले उसले दिएको हरियो सुती साडी पनि उसकी साथी मुक्तिलाई छान्न लगाएको थियो । मचाहिँ रुद्रलाई जन्मदिनमा दिने उपहार आफैँ छानेर किन्थेँ ।
कुन रङको सर्टसँग कुन रङको पेन्ट मिल्छ, म आफैँ छान्थेँ । अरूलाई साडी छान्न लगाउँदा रुद्र मेरो रूपरंगबारेमा भन्ने गथ्र्यो, ‘अलि कालीखालको केटीलाई जुन सुहाउँछ, त्यही ।’ रुद्रले मुक्ति र विठी दुवैलाई हाम्रो गुप्त बिहेबारेमा भनेको रहेछ ।
त्यो रात उसले मलाई चाइनिज रेस्टुरेन्ट लिएर गयो । खाना खाएर हामी फर्कियौँ । मैले हाम्रो बिहेबारेमा कसैलाई बताएकी थिइनँ । रुद्रचाहिँ बिस्तारै सबै मान्छेलाई बताउन, थालिसकेको थियो । त्यो रात मैले रुद्रकोमा बस्नुपर्ने भयो । तर, मैले जानुपर्ने थियो ।
सान्दाइलाई एक घन्टामा आउँछु भनेर हिँडेकी थिएँ । सान्दाइकोमा जान खोज्दा रुद्रले भन्यो, ‘दाइकोमा जाने कुरा नगर । तिमी मेरी श्रीमती हौ । यही नै तिम्रो सबभन्दा ठूलो परिचय हो ।’ ‘तर, यो परिचयले म अहिले बाँचेको जिन्दगी बाँच्न सक्दिनँ । ’ ‘तिमी अवश्य सक्छौ ।’ ‘तर, मैले सान्दाइलाई आफू झुनू सानिमाकोमा थिएँ भनेर झुट बोल्नुपर्छ ।’ ‘त्यसो भए पीर नगर । म झुनू सानिमालाई कुरो मिलाउन आग्रह गर्छु ।’ ‘तर, सानिमा माल्लिन् र ’
‘किन नमान्नु मैले सकेको गर्छु ।’ त्यो रात मैले रुद्रसँग बिताउनै पर्ने भयो । यो रुद्रको माग, आदेश, आग्रह, इच्छा, सबै थियो । रुद्रले भन्यो, ‘आज तिमी मलाई सम्पूर्ण रूपमा चाहिन्छ ।’ ‘सम्पूर्ण भन्नाले‘।’ ‘सम्पूर्ण भनेको सम्पूर्ण । पछिका लागि केही बाँकी नराखी ‘।’ यसको अर्थ बुझेर मेरो मुटु हल्लियो । मैले गलत गरिरहेको छैन भनेर आफूलाई आश्वस्त पार्न खोजेँ ।
वैधानिक रूपमै म आफ्नो लोग्नेसँग रात बिताउन गइरहेकी थिएँ । मेरै उमेरकी हसिना त त्यसो गर्न सक्छे भने मचाहिँ किन सक्दिनँ त मेरै कक्षाकी मन्दिराले पनि सहपाठी सौकतसँग गोप्य बिहे गरेकी थिई । ऊ पनि सौकतको कोठामा गएर रात बिताउँछे भन्ने हल्ला चलेको थियो । अन्त्यमा त्यो रात आयो । रुद्रले मलाई उसको कोठामा लग्यो । सर्ट, पाइन्ट खोलेर लुंगी मात्रै बेर्यो र बत्ती निभायो । त्यसपछि मलाई बोकेर ओछयानमा लगेर पल्टायो ।
म मनमनै भनिरहेकी थिएँ, ‘अब तेरो बिहे भइसक्यो । बिहेपछि लोग्नेसँग सुत्नुपर्छ । तैँले सुत्नैपर्छ । सबै केटीको नियति यही हो ।’ सडक बत्तीको उज्यालो झयालबाट भित्र पसिरहेको थियो । मलाई त्यो उज्यालो चन्द्रमाको प्रकाशजस्तो लाग्यो । म रुद्रलाई माया गर्थें । ऊ मेरो लोग्ने थियो । रुद्रतिर ढाड फर्काएर एकैपोको परेर पल्टिएँ म । मेरो गुडुल्किएको शरीरलाई रुद्रले आफूतिर तान्यो । म होइन, खाली मेरो प्राणविहीन शरीरमात्र रुद्रको अँगालोमा बेरियो । मेरा हात छातीमा लपक्कै टाँसिए । रुद्रले निकै बल गरेर छातीबाट मेरो हात हटायो । म काँपिरहेकी थिएँ ।
रुदले मेरो ओठमा गहिरो चुम्बन गर्यो । मेरो ओठ बाक्लो र गह्रौँ भएजस्तो लाग्यो । नचाहँदा नचाहँदै पनि म रुद्रलाई जोडजोडले धकेलिरहेको थिएँ । रुद्रले एक हातले मेरो ब्लाउजको टाँक खोल्यो । उसको ओसिलो जिब्रो मेरो छातीमा चलमलाउन थाल्यो । अस्तव्यस्त साडीमा अल्भिएर म उसको अँगालोमा निस्सासिरहेँ । ‘हेर केटी, आफ्नो लोग्नेले भनेअनुसार गर । खुट्टा फाडेर राख । यही नै त हो तरिका ’ मैले आफूलाई बारम्बार यसो भनिरहेँ । त्यसपछि मैले पूरै शरीर छाडिदिएँ । आँखा चिम्लँदै म आफू त्यहाँ नभएको परिकल्पना गरे ।
साभारः नसरिनकाे अाफ्नै पुस्तकबाट