जम्मुकश्मिरमा लडाईमा मरे नि मन बुझाउ हेरी तस्बिरमा..कहाँ कहाँ लडे गोर्खाली सैनिक ?

जम्मुकश्मिरमा लडाइमा मरे नि मन बुझाउ हेरी तस्बिरमा…यी माथिका शब्दहरु कुनै जमानाको निकै चर्चित लोक गीतको हो । बाग्लुंग गल्कोटमा जन्मिएका गायक बिष्णु खत्रीले भारतीय सैनिकमा कार्यरत हुने सिपाहीको मनमा कस्तो कुरा खेल्छ भन्ने कुरा गीतको मेटेका थिए ।

खत्रीले लाहुरे परम्परा संग जोडिएका धेरै गित गाएका छन । “जम्मुकश्मिरमा लडाइमा मरे नि मन बुझाउ हेरी तस्बिरमा” पनि एक हो । सामग्रीमा हामीले केहि दिन अगि मात्र भारतको जम्मुकश्मिरमा सहादत प्राप्त गरेका नेपाली सगरको सम्झना छौ । र गोर्खा भर्ती केन्द्रको चर्चा गरेका छौ ।

रणभूमिमा रगत कसको बग्यो ?

पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २५ बर्षिय राजन शर्मा, गुल्मी काराङतुङ गाउँ घर भएका हवल्दार डमर बहादुर पुन र कास्की घर भएका हवल्दार वर्षीय गिरिश गुरुङको भारतको जम्मु काश्मिरमा सहादत भएको छ ।

भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा अपरेसनका क्रममा यी तीन नेपालीको मृत्यु भएको हो। कास्कीको नगिधर गाउँ निवासी गिरिश गुरुङले १९ वर्ष भारतीय सेनामा काम गरेका थिए। उनकी पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान रहेका छन्।

३८ बर्षिय पुन २१ बर्ष देखी भारतीय सेनामा कार्यरत थिए भने ४० बर्षिय गिरिश गुरुङले १९ वर्ष भारतीय सेनामा भर्ती भएका थिए । त्यसैगरी गुल्मीको काराइँग तुन गाउँ घर भएका हवल्दार डमरबहादुर पुन २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। उनकी पत्नी कल्पना पुन र दुई सन्तान रहेका छन्। भारतीय रक्षा प्रवक्ताका अनुसार तीनै जनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिनेछ।

सहादत प्राप्त गरेका राजन शर्मा

गोर्खा भर्ती केन्द्रको बिरासत :

अहिले भारतीय सैनिकमा करिब ४० हजार भन्दा धेरै नेपाली युवाहरु नोकरी गर्छन् तर हामीले भारतीय सैनिकमा नेपाली नागरिकको प्रवेश कसरी भयो भन्ने सन्दर्भमा थाहा पाउन इतिहास हेर्ने पर्ने हुन्छ l

बेलायतले नेपालमाथि सन् १८१५ मा थोपरेको युद्धमा नेपालको पराजयपछि एउटा पराजित देशका नागरिकमाथि थोपरिएको अन्यायपूर्ण सन्धिमार्फत थालिएको थियो ।

सन् १९४७ मा बेलायतले भारत छाडेर जाने वेलामा समेत उसले नेपालीको गुन तिर्न भारतलाई केही बटालियन गोर्खा सैनिक राख्न मनायो र चार बटालियन गोर्खालाई मलयन युद्धमा सामेल गर्न आफैसँग लग्यो । कौडीको मोलभन्दा सस्तोमा युवाबाट सेवा लिन पल्केको ब्रिटिस अहिलेसम्म पनि यो परम्परा जोगाउँदै बसेको छ ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि बेलायतले गोर्खाहरूका चार पल्टन आफैसँग लग्यो । तिनको प्रयोग मलेसियामा विद्रोह दबाउन र दक्षिणपूर्वी एसियामा उपनिवेश कायम राख्न गरियो । गोर्खाहरूलाई इन्डोनेसियासँगको लडाइँ, ब्रुनाईको विद्रोह, फकल्यान्ड युद्ध, इराक र अफगान युद्धहरूमा सामेल गरियो । मलेसियाको द्वन्द्व सकिएपछि पनि हजारौं गोर्खाहरू कटौतीमा परे ।

सन् १९९७ मा हङकङ छाडेर जानुपर्ने भएपछि बि्रटिसले सानो संख्याका गोर्खाहरूलाई आफ्नो सेवामा राख्यो भने बाँकी धेरैलाई जति वर्ष सेवा पुगेको भए पनि कटौतीमा पारेर फर्काइदियो । गोर्खाहरूको राज्यविस्तार अभियानका बेला सेनामा लिइएका र युद्ध सकिएपछि ढाक्रे बन्न बाध्य भएका गण्डक क्षेत्रका क्षत्री, मगर र गुरुङहरू यसरी भर्ती हुनजानेमा अग्रस्थानमा थिए ।

गोर्खाहरूले भारतीय रजवाडाहरूलाई बि्रटिस साम्राज्य अन्तर्गत गाभ्न भएका लडाइँमा भाग लिए भने सन् १८५७ को भारतीय विद्रोहका बेला त्यसको दमन गर्नमा अग्रणी भूमिका खेले । भीमसेन थापाकै पालामा नेपालीहरू ब्रिटिस इष्ट इन्डिया कम्पनी मातहतको सेनामा भर्ती भए पनि राज्यबाट भने उनीहरूलाई प्रोत्साहित गरिएको थिएन । आफैं बेलायतका पक्षमा लागेर भारतीय विद्रोह दमन गर्न जाने जंगबहादुरलाई बि्रटिसहरूप्रति विश्वास थिएन ।

त्यसैले उनले आफ्नो शासनकालभरि कम्पनीको पल्टनमा जान चाहनेहरूलाई निरुत्साहित गर्ने तर बि्रटिसहरूलाई भने आश्वस्त पारिरहने दोहोरो नीति लिएको पाइन्छ । उनका उत्तराधिकारीहरू खासगरी वीरशमशेर र चन्द्रशमशेरले भर्ती प्रक्रियालाई वैधानिकतामात्र दिएनन्, बरु सीमित आर्थिक लाभ र केही थान बन्दुकका लागि निस्फिक्रिसँग नेपालका पहाडे जनजाति र पछि क्षत्रीय युवाहरूलाई ब्रिटिस साम्राज्यको सेवामा जान बाध्य बनाए ।

यसक्रममा पहिलो र दोस्रो विश्वयुद्धमा मात्र दुई-दुई लाख नेपालीहरूले बि्रटिस साम्राज्यको सेनामा रहेर सेवा गरे । त्यसक्रममा अफगानिस्तानदेखि अफ्रिकासम्म उपनिवेश कायम गर्न या साम्राज्यवादी युद्ध लडाइएका गोर्खाहरूमध्ये झन्डै ६० हजारले ज्यान गुमाए ।

कहाँ कहाँ लडे गोर्खाली सैनिक ?

नेपाली युवालाई बेलायती सेनामा भर्ती गरिएपछि ब्रिटिसले भाग लिएका सबै युद्धमा गोरखा सैनिकलाई प्रयोग गरिएको छ । प्रथम विश्वयुद्धमा गोरखाहरू फ्ल्यान्डर्सको मैदान, ग्यालीपोली, मेसोपोटामिया तथा प्यालेस्टाइनको युद्धभूमिमा लडे। युद्धमा परिचालित १ लाख मध्ये दशौं हजार सेना मारिए, घाइते भए वा हराए।

दोस्रो विश्वयुद्धमा पनि इराक, पर्सिया, साइप्रस, ट्युनिसिया, इटाली, ग्रिस, बर्मा, मलाया तथा इन्डोनेसियाका युद्धहरूमा गोरखा सैनिकहरू लडे। त्यहाँ १ लाख १२ हजार सेना लडेका थिए। पछिल्लो समयमा अर्थात् सन् २००० को दशकमा इराक र अफगानिस्तानमा भएका युद्धहरूमा पनि गोरखा सैनिकलाई खटाइयो।

भारतीय सेनामा भर्ती गरिएका गोरखा सैनिक पनि विभिन्न युद्धहरूमा प्रयोग गरिएका छन्। विभिन्न समयमा भएका भारत–पाकिस्तान तथा १९६० को दशकमा भएको भारत–चीनयुद्धमा पनि गोरखा सैनिक लडे। पहिलो र दोस्रो विश्वयुद्ध तथा ती युद्ध अघि वा पछिका विभिन्न लडाईं वा युद्धहरूमा ४५ हजारभन्दा बढीको मृत्यु भएको छ भने डेढलाख बढी घाइते भएका छन्।

पहिलो र दोस्रो विश्वयुद्धबाहेक गोरखा सेनालाई बेलायतको तर्फबाट अरू धेरै लडाईंमा पठाइएको छ। मलायमा कम्युनिस्ट आन्दोलन दबाउनको लागि, जहाँ संकटकाल थियो, १९४८ देखि ११ वर्षसम्म युद्धमा खटाइयो। १९६० मा बोर्नियाको कम्युनिस्ट विद्रोह दबाउन पनि गोर्खाली सेना प्रयोग गरियो। तर जब मलायाको लडाईं सकियो, तब उनीहरूलाई व्यापक कटौती गरियो। उनीहरूलाई कुनै सुविधा दिइएन वा नगन्यमात्रामा दिइयो। साम्राज्यवादको पक्षमा लड्दा नेपाली नागरिकको यति ठूलो क्षति हुनु नेपालको लागि भयंकर पीडाको घटना हो

 टिभीअन्नपुर्णबाट