महिला नेतृ ढकालको दावी म नेपालगन्जको नगर प्रमुख जित्न र चलाउन सक्छु

काठमाडाैँ,नेकपा एमालेकी महिला नेतृ शान्ति ढकालले नेपालगन्ज उपमहानगरपालिकाबाट अाफु मियरमा उठने हैसीयत भएकाे दावी गरेकी छन । उनले अाफुले नेपालगन्जबाट पार्टीले उपमियरमा उठने प्रस्ताव गरेपनि अाफु भने मियरकाे लागि याेग्य भएकाे दावी गरेकी हुन ।  एमालेकी पाकी र पुरानी तथा सक्षम महिला नेतृकाे रूपमा रहेकी ढकाल एमाले बृतकी पुरानी नेतृ हुन ।

२०४२ सालबाट राजनिति सुरू गरेकी ढकाल एमाले बृतमा एक कुशल तथा सक्षम नेतृकाे रूपमा रहेकी छन । ४६ देखि हाल सम्माका बिभिन्न राजनैतिक अान्दाेलनमा भाग लिदै महिलाहरूकाे शसक्त रूपमा नेतृत्व गर्दै अाएकी ढकाल बाँकेकाे सुकुम्बासी समास्या सामाधान अायाेगकाे अध्यक्ष समेत बनिसकेकी छन ।

समाजसेवा र राजनितिलाई आफ्नो जिवनको पाटो ठान्ने ढकाल यतिबेला निस्वार्थ रुपमा समाजसेवा र राजनीतिमा ब्यस्त छन । स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भएकोले यहि विषयलाई मुल मन्त्र ठानी काम गर्ने प्रतिबद्धता उनले जनाएकी छन् । “ढकालले माैलाउदै आएको भ्रष्टाचारलाई निर्मुल गर्नु अाफ्नाे पहिलो प्राथमिकता भएकाे समेत बताएकी छन । 

उनले नेपालगन्जलार्इ पश्चिम नेपालकाे अाैधाेगीक शहरका रूपमा बिकास गरेर लैजाने समेत दावी गरेकी छन । नेपालगन्जले सिंगाे नेपाललार्इ पाल्न सक्ने सामर्थ्य राख्दछ उनि भन्छिन म नमुना शहर बनाएर देखाँउछु ।

उनि भन्छन् “यहाँ यदि दक्ष जनशक्ति परिचालन गर्न सकेमा नेपालगन्ज नेपालकै सुविधा सम्पन्न र सुन्दर शहरमा परिणत हुनेमा दुर्इमत छैन।