प्रधानमन्त्री प्रचण्डकाे राजिनामासँगै दाेस्राे चरणकाे निर्वाचन अन्याैल

विपक्षीकाे चेतावनीका बाबजुत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । बुधबार सिंहदरबारबाटै देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । प्रचण्डकाे याे राजिनामा घाेषणासँगै दाेस्राे चरणकाे स्थानीय निर्वाचनका बारेमा अन्याैलता सिर्जना भएकाे छ । सरकार गठनका लागि नै केही समय लाग्ने भएकाे हुँदा यसकाे अन्याैलता बढेकाे हाे । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन अवरुद्ध गरिरहेका कारण सहजै सरकार गठन हुने स्थिति पनि देखिदैन ।

प्रचण्डकाे राजिनामा घाेषणासँगै अर्काे सरकार गठनकाे तयारी पनि सुरु भएकाे छ । प्रचण्डकाे राजिनामा घाेषणासँगै यसपटक अनाैठाे दृष्य देखियाे । सामान्यत: प्रजातन्त्रमा प्रमुख प्रतिपक्षी दललार्इ छाया सरकारकै रुपमा मानिन्छ । सरकारकाे नेतृत्व गरिररहेकाे दलका हरेक गतिविधिलार्इ मसिनाे गरी नियाल्नुका साथै रयाख र्याख्ती पार्ने गर्छ प्रतिपक्षी दलले । र, प्रमुख दलकाे गठबन्धनलार्इ खसालेर सरकारकाे नेतृत्व लिने सधै प्रयत्नशील भइरहेकाे हुन्छ । यसपटक भने प्रधानमन्त्री राजिनामा दिन खाेज्ने प्रतिपक्षी दल राजिनामा दिन नहुने भन्दै सदन ठप्प पार्ने स्थिति देखा पर्याे । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी अाेलीले त प्रचण्डलार्इ राजिनामा दिन बाध्य पार्ने सरकार गठबन्धनमा सहभागी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालार्इ निकै ब्यङ्ग्यवाण समेत प्रहार गरे । उनले देउवाकाे अधैर्यता र असक्षमतालार्इ निकै सशक्त ढंगले प्रहार गर्दा पनि प्रचण्डकाे मनले राजिनामा राेक्न मानेन ।

प्रचण्डले यसपटक अाफूलार्इ नैतिक नेताकाे रुपमा स्थापित गर्न काेशिस गरे । सरकार गठन हुँदा नेपाली कांग्रेससँग भएकाे सहमति वमाेजिम नै याे राजिनामा दिएकाे उनले बताएका छन् । साथै उनले यसलार्इ नैतिकताकाे खडेरी ताेडेकाे अर्थ पनि दिएका छन् । सम्वाेधनमा उनले भने, ‘बचनको भसोरा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।’

प्रचण्डले प्रधानमन्त्री भएर तराइमा अान्दाेलन गरिरहेका दललार्इ निर्वाचनमा ल्याउन निकै प्रयत्न गरे । साथै हुन्छ हुन्न भनेर निकै अाशंका गरिएकाे स्थानीय निर्वाचनकाे पहिलाे चरण मात्र भए पनि गरेर देखाए । जसले उनकाे याे कार्यकाे प्रतिपक्षी दलले समेत थाेरै भए पनि प्रशंसा गर्याे र दाेस्राे चरणकाे निर्वाचनसम्म प्रचण्डलार्इ नै प्रधानमन्त्री बनाउने जाेड गर्याे । तर, पनि उनले यही बेला राजिनामा दिनु उचित ठानेर प्रचण्डले राजिनामा दिएका छन् । उनले यसबाट थाेरै भए पनि अाफूप्रति सकारात्मक साेच सबैतिर बनाउन सफल भएका छन् ।