एचडीएनपी नेपालले गर्याे निशुल्क अध्ययन सामाग्री वितरण

काठमाडौ,असाय तथा जरुरत मानविय सहायता नेपाल एचडीएनपी नेपालले अध्ययनका सामाग्री बितरण गरेकाे छ । काठमाडाैँकाे  ज्योती नामकाे एक अनाथलयमा अध्ययन सामाग्री बितरण गरिएकाे हाे । संस्थाका बरिष्ठ उपाध्यक्ष भगवती रोका भूमिकाको अध्यक्षतामा र संस्थाका सदस्यहरुको उपस्थितिमा  मेरिडियन सुईट होटेल एरपोर्ट काठमाण्डौमा नेपालका बालबालीकाको लागि ज्योती नामक अनाथ आश्रम आश्रय लिईरहेका UKG देखि १० कक्षासम्मका बिध्यार्थिहरुकालागि १० हजार बराबरको अध्ययन किताब र स्टेशनरी सामानहरु हस्तान्तरण गरेकाे हाे ।

HDNP नेपाल असाह्य मानवहरुको सेवाको लागि स्थापना भएको गैर नाफामूलक सामाजिक सस्था हो ।  कार्यक्रममा एचडीएनपी नेपालकी उपाध्यक्ष भगवति राेका भुमिकाले असायहरुको लागि आफनो संस्थाले बिगतदेखी निरन्तर रुपमा काम गर्दै आएको र त्यसैको थप यो शिलशिला भएको बताइन ।

भुमिकाले आफुहरुले असायहरुलाई सेवा गर्न पाउदा आत्मीक खुशी समेत प्राप्त भएकाे र यो काम निरन्तर जारी राख्ने समेत जानकारी दिइन ।  उनकाे भनाइ थियाे खराबको झुण्डभन्दा एउटै सज्जन काफी हुन्छ । दीनदुखी ,गरीब,असाह्य,बिर्द्दा,टुहुराहरुको पिडाको घाउमा मल्हम खुत्रुकेको पैसाले थोपा थोपा मिलेर समुन्द्र बन्छ ,  हाम्रो सानो सहयोगले कसैको भविष्य बन्छ ।