अफगानिस्तानमा विदेशी महिलाको हत्या, सुरक्षा गार्डको शीर छेदन

एजेन्सी,काबुल, अफगानिस्तानको एउटा गेष्ट हाउसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी एक जना फिनिस महिलाको हत्या गर्नुका साथै सुरक्षागार्डको शीर छेदन गरेका छन् ।राजधानी काबुलस्थित गेष्ट हाउसमा प्रवेश गर्नु अघि ती व्यक्तिले गेष्ट हाउसका सुरक्षा गार्डको टाउको काटेको बताइएको छ । त्यसपछि सोही गेष्ट हाउसमा रहेकी फिनल्याण्डकी महिलाको अपहरण गरी हत्या गरेर अपराधी फरार भएको जनाइएको छ ।

उक्त गेष्ट हाउस स्वीडिस नागरिको स्वामित्वमा रहेको बताइएको छ । हत्याको जिम्मा कसैले लिएको छैन ।अफगानिस्तान मै तालिवान बिद्रोहीले २० जना सुरक्षाकर्मीको हत्या गरेको त्यहाँका अधिकारीहरुले बताएका छन् । दक्षिणी भागमा रहेको जाबुल प्रान्तमा चेक जाँच केन्द्रमा भएको आक्रमणमा ती सुरक्षाकर्मीहरु मारिएका हुन् भने घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएको जनाइएको छ ।