आवश्यकता नूनको, रहर सुनको
रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आफ्ना सहयोगीलाई बोलाएर आफु विरुद्ध लेख्ने पत्रकारहरुको सूचि तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूचि तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका मध्ये कट्टर आलोचकहरुको अर्को सूचि तयार गर ।’ सहयोगीहरुले त्यसै गरे । ‘के यिनीहरुलाई आजीवन कारावासको सजाय सुनाउने हो ?’ सहयोगीहरुको प्रश्नको अनपेक्षित उत्तर दिँदै जारले भने– ‘होइन । यी मध्ये तीनजनालाई छानेर मेरो सल्लाहकार परिषद्को सदस्यमा मनोनित गर्ने । जो कट्टर आलोचक छन, ती मेरा सही सल्लाहकार हुन् ।
कुखुराको चल्ला चोरी, हाडनाता करणीको आरोपमा जेल परेकाहरुले जेल जीवनलाई चलाखीपूर्वक प्रजातान्त्रिक संघर्षको बलिदानमा अनुवाद गर्दा राजनीति मेनपावर व्यवसायभन्दा माथि उठ्न सकेन । राजनीति ती प्राणीका कारण बिटुलियो, जसले गाईको सिङले हानेको शरीरको खतलाई निरंकुश शासकले दिएको यातनासंग जोडेर आफुलाई हिरो प्रमाणित गर्ने दुस्साहस गरे । थुनिनु, कुटिनु, पिटिनु आधारभूत योग्यता बन्यो । राजनीतिक परिवर्तनलाई अनादर गरेको नठानियोस् तर राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्नेहरुको पृष्ठभूमि हेर्दा पनि थाहा हुन्छ– हाम्रो परिवर्तनको जमिन कति मजबुत छ ? राजनीतिको ‘र’ नबुझेका गोलीको शिकार बनेका छन् । तिनैको सपना सपना साकार पार्नमा केन्द्रित राजनीतिले त्यो सपना चिनियाँ लिपिजस्तै नबुझिने बन्यो । त्यसैले प्रत्येक जनक्रान्ति मानव भीडमा सीमित भयो । सहिदहरु प्रत्येक वर्ष पात्रोमा फेरिने तस्वीरका पाहुनाजस्ता भए ।
राजनीतिमा अनास्था पैदा गर्नमा सञ्चारमाध्यमले केही हदसम्म भूमिका निर्वाह गरेकै हुन । पहिले नेता पुल्पुल्याउने पछि डस्ने रोगबाट सञ्चारजगत ग्रसित छ । नेताहरुलाई बस्त्रहीन बनाएर त्यसको मनोरञ्जन लुट्ने काइदामा लागेको नेपाली सञ्चार क्षेत्रको कठिन यात्रा शुरु भएको छ । जब देश विधिको बाटोमा अघि बढ्छ, त्यसपछि धमिलो पानीमा माछा मार्न खोज्नेहरु पाखा लाग्दै जान्छन् । खरायो र सिंहको कथा कण्ठ गरेर सधैं एउटै लिकमा समय चल्छ भन्ने स्थायी अन्तरामा बाँचेको मिडियाका उद्योगीले आत्मनिरीक्षण गर्नुपर्ने दिन आएको छ । आकासको मौसमी बद्ली र नेपाली राजनीतिको समीकरण, ध्रुबीकरणलाई एउटै चश्माबाट हेर्ने संस्कृतिमा बद्लाव आउन जरुरी छ । थुप्रै अंग नभएका उद्योग चलाएर एउटा चौथो अंगको चिर्कटो सम्हालेको अहंमा यहाँ फेरि अर्को काउन्ट बिटी जन्मिएला र त्यसको सल्लाहकार हुने सपना कुनै उद्योगीले नदेखे हुन्छ ।
हेमराज ज्ञवाली कुनै समय भन्सारका महानिर्देशक थिए । सोझो छोरालाई चलाख बनाउन उनले बालसखा रोजिदिए– कैलास सिरोहिया । जसले सानैदेखि ज्ञवाली परिवारमा छोरो समानको व्यवहार पाए । नमस्ते कार्पेटको व्यवसाय फापेपछि नाम कमाउने लोभले कान्तिपुरको यात्रा आरम्भ भयो । जसको दायरा पढ्ने, हेर्ने र सुन्नेसम्म फैलियो । हवाई प्राधिकरणमा काम गर्ने आरके मानन्धर इमेज च्यानलमार्पmत तानिए । अदालतका बिचारी जागिर रामेश्वर थापा क्याप्टेन हुँदै मिडिया उद्योगका टाईकुन बने । यतिसम्म त ठिक्कै थियो, त्यसपछि मेनपावर र जग्गा दलालीबाट पैसाको उरुङ लगाउँदा पनि प्रतिष्ठा नबढेपछि भट्टीमा पैसा उठाएर खोलिएका सञ्चारमाध्यमको उपस्थिति बाक्लिँदा सञ्चारको कुप्रभाव दिनप्रतिदिन बढ्न थाल्यो । उत्पादनको खर्च धान्न नसक्ने भएपछि न्यूज च्यानलको चोरी बाटोबाट जन्मिएका यस्ता टीभीहरुले प्रत्यक्ष प्रसारणका नाममा नेताहरुलाई अनावश्यक प्रस्तुत गर्दा तिनीहरुको अलोकप्रियता बढ्न मद्दत पुग्यो । समाधानभित्र समस्या निकाल्ने प्रवृत्ति बढोत्तरी हुन थाल्यो । बजारको आवश्यकताभन्दा लाज बचाउने धोतीमा उपयोग भएका यस्ता मिडियाले ‘ओठमा लाली, पेट खाली’का जनशक्ति उत्पादन गरे । पिपिली लाईभको व्यंग्यले भारतीय सञ्चारक्षेत्रलाई झकझकायो तर नेपालमा फोटोकपी संस्कृति हावी भयो । ६ महिनाको ज्याला साहुकोमा धरौटी राखेर ज्ञान, बुद्धि र विवेकको सिंगो महामानवमा आपूmलाई प्रस्तुत गर्दा तिनीहरुको हैसियत टकिङ टमभन्दा माथि उठेन । बरु टीभीमा नदेखिँदा, पत्रिकामा बाइलाईन नलेख्दा र एफएममा नचिच्याउँदा सृष्टि टक्क रोकिन्छ भन्ने भ्रमले बास ग¥यो । सरकारी हण्डी खाएर सरकारलाई दिनरात गाली गर्नुमा बहादुरी ठान्नेहरुको योग्यता अब विस्तारै पत्रुमा अनुवाद हुँदैछ ।
जसरी अन्य पेसामा लागेर कुस्त पैसा कमाएपछि केही व्यक्ति मान, प्रतिष्ठाका लागि सञ्चारमा लगानी गर्न ओइरिए, त्यसैगरी सञ्चारक्षेत्रमा अल्मलिएको नयाँपुस्ताले सोच्नुपर्ने बेला आएको छ । प्रवेशमा सजिलो र इज्जत आर्जनको लोभमा यता लहसिएको त्यो पुस्ता सीपमूलक काम सिकेर त्यो सीप नेपालमै बेच्न सक्ने स्थितिमा रहन सक्छ । यदि कामलाई ठूलो सानोमा वर्गीकरण नगर्ने हो भने कपाल काटने नाईंहरु घर फर्कंदा काठमाडौंबासी कपाल काटन नपाएर जोगी हुनुपरेको यथार्थ धेरैका खोपडीमा ताजै छ । यो पनि प्राविधिक जनशक्तिको नेपालमा कति महत्व छ भन्ने उदाहरण हो । खेप गएपनि जिन्दगी जाँदैन । त्यसैले सम्भावना बोकेका सञ्चारकर्मीहरु आपूmले आपैंmलाई पुनरावलोकन गरी पेसागत पुनर्निर्माणको कसीमा जोखिन जरुरी छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदूरी गर्छन् । खोइ, ओबामाको इज्जतमा धब्बा लागेको छैन त । दलको साइनोसंग जोडेको कलमले एकदिन धोका दिन्छ । चोरेर जीविका चलाउनेले पनि चोरीलाई घृणा गर्छ । प्रकृतिको एउटा नियम के छ भने सम्भावनाको बाटो कहिल्यै समाप्त हुँदैन ।
एउटा काल थियो– काँच या सिनेमाका पर्दामा देखिने जति सबै हिरो दरिन्थे । अब पर्दामा देखिनेले न्याय गर्नुपर्छ भन्ने संसारको सर्वमान्य सत्यले जितेपछि मानिसहरु सचेत भए । कुनै दिन यही भूगोल हो– धर्मराज थापाले चौतारीमा गीत उराल्दा भात छडकाउँदै गरेका भान्से, गाई चराउँदै गरेका गोठाला र घाँस काट्दै गरेका खेताला दौडन्थे । मुक्तिको आवाज घन्काउने राल्फा नाममा दुई चार ठिटा गिटार बोकेर गामघर डुल्दा उनीहरुले प्रशस्तै श्रोता पाएकै हुन् । मनोरन्जनका साधनको सीमितताका कारण त्यो अवसर जुरेको हो । अब सूचना कोच्याउने जमाना गए । मानिसको हातमा लाखौं रोजाइ छन, जो संसारको जुनसुकै कुनाबाट छिनका छिन रोजी रोजी हेर्ने, सुन्ने क्षमता प्राप्त छ । सुनेको, जानेको, देखेको राम्रो लाग्ने जमानालाई नयाँ आएको आविष्कारले विरानो बनाउँदै लगेको छ ।
गल्ती भन्ने जान्दाजान्दै नेपाली मिडिया भारतीय सञ्चारको बाटोमा लाग्यो । विहान उठेदेखि बेलुका सुतेसम्म आँसुको विकल्पमा आँसु प्रस्तुत गरेर अाफै थाकेको छैन । नेपालको भूकम्पपछि अमेरिका र जापानमा गएको भूकम्प अनि आँधीले त्यहाँ पनि धनजनको क्षति ग¥यो । तर त्यहाँका मिडिया अहँ आँसुमा खेलेनन् । यसको मतलव यो हैन कि त्यहाँका मान्छेभित्र आँसु हुँदैन । बाँच्नेहरु मरेर बाँच्नु हुँदैन भन्ने सत्यबाट उनीहरु निर्देशित छन् । प्रकृतिले प्रत्येक मान्छेका लागि आफ्नै खालको प्रारब्ध तोकेको छ । यदि सतिलाई धार्मिक मान्यतासंग नजोडेर नघचेटिएको भए पतिसंगै आगोमा जल्नेहरु नगन्य हुने थिए । आवेग अन्तिम सत्य भइदिएको भए एउटाको अन्त्यसंगै जोडिएर आत्मदाह गर्नेहरुको भीडले मानव सभ्यता उहिल्यै नामेठ हुने थियो । अहिले भोगेको विपत्तिप्रति घोत्लिेने हैन कि भावी पुस्तालाई यस्तो दुर्दिन देख्न नपर्ने अवस्थाको संकल्प अहिलेको आवश्यकता हो ।
२०१५ सालमा आपूm प्रधानमन्त्री भएपछि बीपी कोइरालाले कम्युनिष्ट पृष्ठभूमिका पत्रकार मदनमणि दीक्षितलाई सरकारको आलोचना गर्ने सर्तमा महिनाको ६ सय दिएर ‘समीक्षा’ को प्रकाशन आरम्भ गराएका थिए । त्यतिमात्र होइन, सहज ढंगले दर्ता नगरिने त्यस परिस्थितिमा पत्रिका दर्ताको सम्पूर्ण प्रक्रिया पनि आपैंmले मिलाइदिएका थिए । पाका पत्रकार दीक्षितले आप्mनो आत्मवृत्तान्तमा भनेका पत्रिका प्रकाशनको औचित्य पुष्टि गर्दै भनेका छन्– ‘मुलुकको प्रधानमन्त्री, संसदीय प्रजातन्त्रको स्तम्भ र जहाँनिया शासनको अवशिष्ट रुढिवादी शक्तिका विरुद्ध कोइरालाका विचार अनि व्यवहारलाई समर्थन गरिनेछ ।’ अंकगणितमा १, १ जोड्दा २ हुन्छ । तर राजनीतिमा १, १ को योगफल प्रायः ११ हुन्छ ।
अघिल्लो पुस्ताका राजनीतिज्ञहरु यो सत्यसंग भलिभाँती जानकार थिए । शासन सत्ता हातमा लिएका महेन्द्रले पनि उत्तर दक्षिणका दुई छिमेकीसंग हेपिनु नपर्ने अवस्था ल्याउन केही रणनीतिक चालबाजी रचेकै हुन् । त्यसको शुरुवात उनले पहाडेलाई तराईमा बसाइँ झारेर गरे । पहाडेलाई तराई झर्नमा बन्देज लगाउनु पर्छ सम्मका आवाज उठिरहेको वर्तमान पृष्ठभूमिमा राजा महेन्द्रले त्यो सन्तुलित बसोबास प्रारम्भ नगरेको भए अहिले मुलुकले कस्तो अवस्था झेल्नु पथ्र्यो होला । सहज अनुमान गर्न सकिन्छ । यतिमात्र हैन, दरबारकै संरक्षण र लगानीमा केही रेडिकल कम्युनिष्टहरुलाई अप्रत्यक्ष उचालेर उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई ठीक लगाउने सूत्रको प्रतिपादन गरे । तर आप्mनै ढोके, हुक्के, चम्चे, बैठके र छातेहरुको असहयोगको शिकार बनेका तिनै राजाको अवसान रहस्यमय ढंगले भयो । पञ्चेका नाममा हुनु नहुनु, गर्नु नगर्नुका काम तमाम भए । बद्नामी राजाले खेप्नु प¥यो । राजा बीरेन्द्रले बाबुले कोरेकै बाटो त पछ्याए । अवधारणालाई नविकरण गर्न सकेनन् । अचाडूहरुले मधेश र पहाडको त्यो घाउ बल्झाइरहेका छन् ।
सुडानका जनता आफ्नै देशमा भारीका भारी सुन त बोक्छन् तर त्यो सुन कस्को हो र, कहाँ जान्छ थाहा पत्तो हुँदैन । कामना गरौं, यो घडीमा धमिलो पानीमा माछा मार्नेहरुले कतै त्यही गर्तमा नधकेलून ।
जनआस्था साप्ताहिकमा प्रकाशित ।