दलाल सत्ताको चङ्गुलबाट देशलार्इ मुक्त गरेरै छाेड्छाैँ- बिप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल दलालहरुकाे चङ्गुलमा नराम्ररी जेलिएकाे बताएका छन् । दलालहरुकाे चङ्गुलबाट देशलार्इ मुक्त गरी स्वाधीन बनाउने अाफूहरुले थालेकाे अभियान पूरा गरेरै छाड्ने उनले बताएका छन् । अाइतबार साँझ एक विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले साे अठाेट सार्वजनिक गरेका हुन् । स्थानीय निर्वाचनकाे पहिलाे चरणमा पार्टीले थालेकाे खारेजी अभियान पूरा भएकाे बताउँदै उनले निर्वाचनप्रति जनताकाे रुची नदेखिएकाे यसले प्रष्ट पारेकाे भनेका छन् । निर्वाचनका क्रममा सरकारले सयाै कार्यकर्ता गिरफ्तार गर्ने, गाेली चलाउने, हत्या गर्ने जस्ता अत्यन्तै दमनपूर्ण रवैया अपनाएकाे भए पनि जनताले त्यसकाे सशक्त प्रतिकार गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
महासचिव विप्लवले याे निर्वाचनमा जनताकाे उत्साहजनक सहभागिता नरहेकाे उल्लेख गर्दै जनता र अाफ्नाे पार्टी विरुद्ध तानाशाही तरिकाले दमनमा उत्रने सरकारी कदमकाे निन्दा गरेका छन् । निर्वाचन खारेजी अभियानका क्रममा पार्टीका दुर्इ केन्द्रीय सदस्यसहित गिरफ्तार गरिएका सबै नेता कार्यकर्ताकाे तत्काल रिहा गर्न पनि माग गरेका छन् ।
सरकारले चुनाव खारेजी अभियानमा सक्रिय पार्टीका नेता कार्यकर्ता मात्र नभइ पत्रकार, मानवअधिकारकर्मी र सर्वसाधारण नागरिकहरुलार्इ समेत गिरफ्तार गरेर अाफ्नाे कमजाेर चरित्र उदाङ्गाे पारेकाे विप्लवले बताएका छन् ।
यस्ताे छ विज्ञप्तीकाे पूर्ण पाठ
संसदीय व्यवस्थाको चुनावको पहिलो चरणको स्थानीय चुनावसँगै हाम्रो पार्टीको नेतृत्वमा जनताले संचालन गरेको पहिलो चरणको चुनाव खारेज अभियान सम्पन्न भएको छ । संसदीय दलहरु र सरकार नियन्त्रित तथा घरानाका सञ्चार माध्यमले जतिसुकै प्रचार गरेपनि चुनावप्रति जनताको रुची देखिएन । न त व्यापक जनताको सहभागिता नै भयो । हाम्रो नेतृत्वमा संसदीय चुनावको खारेजी अभियान सशक्त प्रकारले सम्पन्न भयो । चुनाव खारेज अभियानमा हजारौं कार्यकर्ता सक्रिय भए भने जनताको हार्दिकतापूर्ण सहयोग र समर्थन रह्यो । हाम्रो पार्टी अभियानमा सक्रिय रुपमा साथ दिने नेपाली जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छ । यो पहिलो चरणको खारेजी अभियान सञ्चालन गर्दा राज्य पक्षले पार्टी नेता र कार्यकर्ताविरुद्ध तानाशाही तरिकाले दमनमा उत्रियो । सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर व्यूरो इञ्चार्ज सन्देश पौडेल, बैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जन र जिल्ला इञ्चार्जहरु देवकला अधिकारी, लक्ष्मण उप्रेती, अर्जुन योगी, दीपक श्रेष्ठ, रविकिरण तथा जिल्ला सेक्रेटरीहरु नन्दलाल तिवारी, उदय राई, सागर तिमल्सिना, चन्द्र बुढा, राजन धनुके, गोकुल पराजुली, मोहन राई, हरिकृष्ण घिमिरेसहित सयौं कार्यकर्ता र जनतालाई गिरफ्तार गरेको छ । यतिसम्म की संचारकर्मी र अधिकारकर्मीहरुलाई समेत दमन गरिएको छ । सयौंलाई पक्राउ पूर्जि जारी गरिएको, झुठ्टा मुद्दामा फसाउने षड्यन्त्र भएको छ । दिन–रात गाउँ–शहरमा छापा मारेर तर्साइएको छ । हामी त्यसप्रकारको सरकारी आतङ्कको निन्दा गर्दछौं । साथै झुठ्ठा मुद्दा खारेज गरेर गिरफ्तार नेता, कार्यकर्ता र जनताको विनाशर्त रिहाइको माग गर्दछौं । गिरफ्तार भै हिरासतमा संघर्ष गरिरहनु भएका कमरेड तथा राजबन्दीहरुलाई अभिवादन गर्दछौं । हाम्रो काँधमा देशलाई स्वाधीन र जनतालाई कुनै पनि परिस्थितिमा दलाल सत्ताको चङ्गुलबाट मुक्त गराउने युगिन दायित्व छ । त्यसलाई हामी सबैले आत्मसात गरेर अगाडि बढौं । जनताको जित सु-निश्चित छ ।
विप्लव महासचिव
नेपाल कम्युनिस्ट पार्टी
केन्द्रीय समिति