प्रहरीको गोलीबाट कालीकोटमा एक जनाको मृत्यु ३ घाइते

कालिकोट, कालिकोटको नरहरीनाथ गाँउपालिका ६ माल्कोटमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । नन्दादेवि मावि सेरापाटास्थित मतदान केन्द्रमा प्रहरीसंग भएको झडपमा परि घाइते भएका ४५ बर्षिय धनरुप बटालाको मृत्यु भएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

निर्वाचन केन्द्रमा भएको झडपमा प्रहरीले चलाएको गोली बटालाको पेटमा लागेको थियो । प्रहरीले अन्धाधुन्ध गोली बर्साएपछि स्थानियले प्रतिवाद गरेका थिए । प्रतिबादका क्रममा बटालालाई ताकेरै प्रहरीले निशाना बनाएपछि आक्रोसित स्थानियको भिडले गोलीको प्रबाह नगरि सुरक्षा फौजको बल प्रयोग विरुद्ध जाइलाग्नु परेको स्थानियले बताएका छन् ।

प्रहरीको गोली प्रहारबाट घाइते भएका ३० बर्षिय दानबहादुर बटालाको अवस्था गंभिर छ । त्यसैगरि ३२ बर्षिय कुलबहादुर बटाला र ४५ बर्षिया व्याँसी विक पनि प्रहरीको गोलीबाट घाइते भएका छन् । माल्कोट वुथकेन्द्रमा भएको दमन र प्रतिरोधका क्रममा दुई जना प्रहरी जवान पनि घाइते भएका छन्

। उम्मेद्वार भन्दा वढी चुनाव लागेका मिडियाहरुलाई भने गोलीकाण्ड, घाइते र मृतकहरुको समाचार दिने फुर्सद छैन । चुनाव विरोधि कुनै पनि गतिविधिका समाचार प्रसारण नगर्ने सम्पादकीय प्रतिवद्धता प्रतिपक्षि रोलमा रहने सञ्चार जगतका लागि कति जायज हो यसले नेपालको मिडिया क्षेत्रमा कस्तो नजिरको सुरुवात गर्छ ?

यसको जवाफ मिडिया हस्तीहरुले दिन पर्छ की पर्दैन भन्ने बहस हुन जरुरी छ । स्वभावैले प्रतिपक्षको भूमिकामा रहने मिडिया यस पटकको निर्वाचनमा भने सरकार नियन्त्रित मिडिया गोर्खापत्र,नेपाल टेलिभिजन र रेडियो नेपाल भन्दा पनि विपक्षि शक्तिसंग पूर्वाग्रही बने ।