प्रहरी र नेकपाका कार्यकर्ताबीच दाेहाेराे भिडन्त

मकवानपुर,  मकवानपुरकाे हाँडीखाेलामा प्रहरी र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भिडन्त भएकाे छ । साे क्रममा प्रहरीले गाेली समेत चलाएकाे बुझिएकाे छ । नेकपाका नारायणी ब्यूराे इन्चार्ज चिरन पुनका अनुसार हाँडीखोला बुथ नजिकै उक्त भिडन्त भएकाे हाे । साे क्षेत्रका स्थानीयवासीले भने दुबै पक्षबाट गाेली हानाहान भएकाे बताएका छन् । शनिवार राती ९.३० बजेतिर उक्त भिडन्त भएकाे हाे । गाेली चल्दा प्रहरी र नेकपाका कार्यकर्ता ५०० मिटरकाे दुरीमा रहेकाे स्थानीयवासीले जनाएका छन् । दाेहाेराे फायरिङ हुन थालेपछि त्यस क्षेत्रका जनता त्रसित बनेका छन् ।

याे भिडन्तले भाेलिकाे मतदान प्रभावित हुनसक्ने बताइएकाे छ । केहीबेर फायरिङ गरेपछि दुबै पक्ष अाअाफ्नाे स्थानतर्फ लागेकाे बुझिएकाे छ । स्थानीयवासीका अनुसार प्रहरी र नेकपाका कार्यकर्ताबीच गाेली हानाहान हुँदै गर्दा नेपाली सेनाकाे टाेली पनि त्यस क्षेत्रमा पुगेकाे थियाे । नेपाली सेनाकाे टाेलीले पनि ३० राउन्ड फायर गरेकाे बुझिएकाे छ । मकवानपुरमा नेकपाका कार्यकर्ताले एक जना उम्मेदवारलार्इ नियन्त्रणमा लिएर राखेका छन् ।

नेकपाका कार्यकर्ताले मनहरी गाउँ पालिकाकाे एक वडाबाट वडा प्रमुखमा उम्मेदवार उठेका राजकुमार उप्रेतीलार्इ नियन्त्रणमा लगेका हुन् । नेकपाका मकवानपुर इन्चार्ज ज्वालाले उप्रेतीलाई ३१ गतेसम्म छाेड्ने बताएका छन् । यसैबीच मकवानपुरकाे इन्द्र सराेवर गाउँपालिका वार्ड नं ३ बाट उम्मेदवार उठेका धनसिंह स्याङतानकाे घरमा वम विष्फाेट भएकाे खबर प्राप्त भएकाे छ । विष्फाेटबाट के कति क्षति भयाे भन्ने केही थाहा हुन सकेकाे छैन । ठूलाे अावाजका साथ वम विष्फाेट भएपछि प्रहरीकाे टाेली घटनास्थलमा पुगेकाे बताइएकाे छ ।