एमाले र माअाेवादी केन्द्रका कार्यकर्ताबीच खुकुरी हानाहान

रामेछाप,  दोरम्बा गाउँपालिका वडा नं. ४ स्थित खारपानीमा नेकपा एमाले र एनेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । मतदानको मिति एक बाँकी रहँदा भीडन्त क्रम तीव्र बनेको छ । हिजो शुक्रबार साँझ करिब ७ः३० बजे एमालेका वडाध्यक्षका उम्मेदवार पासेवानका धनबहादुर थापामगरको टोलीले माओवादी कार्यकर्तामाथि घरेलु हतियारसहित आक्रमण गरेको गर्दा भीडन्त भएको थियो । चरा नम्बर वडामा दुई मतदान केन्द्र तोकिएको छ । अर्को मतदान केन्द्र गौश्वरामा पर्छ ।

खारपानी मतदान केन्द्रमा एमालेले अनावश्यक बखेडा झिकेपछि झडप भएको माओवादी केन्द्रको आरोप छ । एमालेले लुकेर अात्रमण गरेकाे माकेकाे दाबी छ । साँझको भीडन्तमा परी माकेका कार्यकर्ता तुलबहादुर थापामगर, हिराबहादुर थापा र जितबहादुर थापामगर, देवीमाया थापामगर, हेमबहादुर थापामगर, लोकबहादुर थापामगर सख्त घाइते भएका छन् । घाइतेमध्ये तुलबहादुर, हिराबहादुर र जितबहादुरको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शी टोपबहादुर थापामगरले बताए । घाइतेहरु धेरैकाे अाँखा, टाउकाे र घाँटीमा चाेट लागेकाे बताएका छन् ।

घाइते सबैलाई उपचारको लागि एम्बुलेन्सबाट काठमाडौं पठाइएको छ । तुलबहादुरको दुवै आखाँमा गम्भीर चोट लागेको बताइएको छ । प्रहरी प्रमुख प्रहरी नावय उपरीक्षक कुमोद ढुंगेलले पक्षबीच भीडन्त भएको पुस्टि गरेका छन् । घटनामा संलग्न देखिएको भन्दै एमालेका होमबहादुर थापामगर, दिपबहादुर थापामगर र बेयवबहादुर थापामगरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टोकरपुमा राखिएको छ । घटनापछि एमालेका वडाध्यक्ष उम्मेदवार धनबहादुर फरार छन् ।

यो वडामा वडाध्यक्षका लागि माओवादी केन्द्रबाट गौश्वराका टलकबहादुर थापामगर र नेपाली कांग्रेसबाट छ्यार्पाका श्याम घिसिङ उम्मेदवार छन् । नयाँ शक्तिले पनि वडाध्यक्षमा उम्मेदवार दिएका छन् ।  यस वडामा मगर समूदायको बाहुल्यता रहेको छ । बाँकी जनसंख्या तामाङ र दलित समूदायको छ । अन्य समूदाय शून्यप्रायः छ । स्थानीय तह निर्धारण गर्दा गौश्वरा गाविसलाई ४ नम्बर वडा बनाइएको थियो ।भिडन्तपछि मतदातामा त्रास फैलिएको कांग्रेस स्थानीय नेता विरबहादुर तामाङले बताए । उनले भोलि मतदान हुनेमा शंका व्यक्त गरे । ‘खुकुरी नै हानाहान भएको छ, भाेलिकाे मतदान त के हुन्छ, खै । गाउँले सबै आतंकित छन्’ तामाङले भने ।