नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’मा हस्ताक्षर,भारत तनावमा

काठमाडौं,चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपालले हस्ताक्षर गरेको छ । शुक्रबार विहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका तर्फबाट चिनियाँ राजदूत यू होङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन । हस्ताक्षरपछि परराष्ट्रमन्त्री प्रकाशसरण महतले यो समभौता नेपाल र चीनबीचको सम्बन्धमा नयाँ अध्याय भएको बताए । नेपाल र चीनबीच सडक, रेल, बिद्युत प्रसारण लगायतका क्षेत्रमा सहकार्य हुने मन्त्री महतले जानकारी दिए । नेपाललाई अगामी दिनमा आर्थिक विकासका लागि ठूला लागानी आवश्यक रहेको र त्यसमा चीनको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।

चिनियाँ राजदूत यू होङले नेपाल र चीनको सदियौदेखिको सम्बन्धलाई अझै प्रगाढ बनाउन यो समम्झौता महत्वपूर्ण रहेको दावी गरीन  । दक्षिण एसिया क्षेत्रबाट श्रीलंका, बंगलादेश र पाकिस्तानपछि नेपाल चिनियाँ उक्त अवधारणाको सदस्य बनेको हो । अवधारणाअनुसार दुई देशबीच सडक तथा रेल कनेक्टिभिटी विस्तार, लगानी, व्यापार र पर्यटन गरी विविध क्षेत्रमा सहकार्य हुनेछ ।

वान बेल्ट वान रोडको फ्रेमवर्कभित्र रहेर सीमापार रेल, राजमार्ग, विद्युत् प्रसारण लाइन, विशेष आर्थिक क्षेत्र, विमानस्थल, सुक्खा बन्दरगाह, उद्योग, जलविद्युत् परियोजना, औद्योगिक प्रविधि पार्कलगायत भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुनेछ । चीनको लगानीमा स्थापित एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फन्डमार्फत नेपालमा चीनले यी क्षेत्रमा लगानी गर्नेछ ।
बेल्ट एन्ड रोड अवधारणामा समुद्री तथा स्थलमार्ग गरी हालसम्म ६५ देश चीनसँग जोडिएका छन् । अन्य एक सय देशले चीनसँग समुद्री तथा स्थल मार्गबाट जोडिन चाहेका छन् ।

यस हस्ताक्षरसंगै चीनले नेपालमा रेल,सडक लगायत लगानीका विविध क्षेत्रमा दह्रो हात बढाउने अपेक्षा गरिएको छ । यद्यपि नेपाल–चीन बीचको यस सम्झौताले भारतमाथि भारी दबाव सृजना गरेको छ । पाकिस्तानको ग्वादरपोर्ट, श्रीलंकाको हंवोनटाटा,वंगलादेश, माल्दिभ्स र बर्मासंगको सहकार्यसंगै हाई हिमालयन रेञ्जमा नेपालको मार्ग पनि चीनका लागि प्रशस्त भएपछि भारतमाथि दबाव सृजना भएको हो ।

दक्षिण एसियाली मुलुकहरुमध्य वन वेल्ट वन रोडको चिनिया अवधारणबाट अलग रहेको भारत मात्रै हो । छिमेकीहरुप्रतिको सम्मान, सहकार्य, लगानी र तटस्थ विदेशनीतिमा चीनले दक्षिण एसियाली मुलुकहरुको हृदय जीतेको छ । क्षेत्रिय शक्तिका रुपमा उदाएको भारतका लागि चारैतीरका छिमेकीहरुसंगको चिसिदो सम्वन्धले असुरक्षा महसुस गराउने संभावना वढेको छ ।