आईएस लडाकुको लागि भारतबाट दुखाई कमगर्ने औषधि सप्लाई

काठमाडौं, पछिल्लो समय युरोपको स्थिरताका लागि यो शताव्दीकै चुनौती बनेको आतंकबादी संगठन आई एस लाई भारतबाट पेन्किलर औषधि जाने गरेको खुलासा भएको छ । अमेरिकाले अफगानिस्तानमा आई एस को क्याम्पमा फादर वम आक्रमण गरेको एक महिना नपुग्दै भारतबाट भने युरोपका आई एस लडाकुलाई दुखाई कम गर्ने औषधि सप्लाई हुने गरेको तथ्य सार्वजनिक भएको हो ।

इटली पुलिसले ३ करोड ७० लाख दुखाई निरोधक ट्यावलेटले भरिएको एउटा जहाज जफत गरेपछि आई एस लडाकुलाई भारतबाट औषधि सप्लाई हुने कुराको खुलासा भएको हो । ट्रामाडोेल नामको उक्त औषधि भारतबाट आई एस का लागि पठाइएको हो । त्यस औषधीलाई लिवियामा आई एस लडाकु समक्ष पुर्याईन लागिएको थियो ।

अफ्रिकि राष्ट्रसंग जोडिएका युरोपेलि मुलुकहरु आई एस का गतिविधिबाट असुरक्षित छन् । इटलीका जाँचकर्ताहरुलाई उद्धृत गर्दै वेलायतको एक अखवारमा प्रकाशित रिपोर्ट अनुसार भारतबाट गएको उक्त औषधीको मुल्य झण्डै साढे सात करोड अमेरिकी डलर पर्न आउँछ । बाहिर कम्बल र स्याम्पुको लेवल लगाइएको उक्त औषधी जनेभा वन्दरगाहको एउटा जहाजका तीन ओटा कन्टेनरमा भेटिएको थियो ।

जाँचकर्ताहरुका अनुसार ट्रमाडोलको उक्त औषधि भारतका फर्मा कम्पनीहरुमा बनेको पाइएको छ। इटली प्रहरीका अनुसार यति धेरै परिमाणको औषधीको प्रयोग पहिलो आई एस लाई आर्थिक सहयोग उपलव्ध गराउन र दोस्रो आई एस लडाकुलाई दुखाई कम गर्नका लागि हुनसक्छ ।