यसकारण बुद्धको जन्मजयन्ती ब्यापक ढंगले मनाउन जरुरी छ

भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेको छ । उसले नेपालको लुम्बिनीसँगको भारतीय सीमानामा नै जोडेर अर्को लुम्बिनी बनाएको बहाना बाजी गरीरहेकाे छ । बुद्ध भारतीय हुन उनी जन्मिएको भूमि लुम्बिनी भारतमा पर्दछ भनी प्रमाणित गर्नका लागि विद्युतीय सञ्चार माध्यम, बलिउडमा निर्मित चलचित्र, विद्यालयहरुमा पढाइने पाठ्यपुस्तक, साधुसन्तहरुको प्रवचनलाई समेत उपयोग गरेको छ । यद्यपि भारतीय केहि बिशेषज्ञ र केहि जानकारहरू भने  यस्को बिरोध गरेर भनेका छन कि बुद्ध भारतमा जन्मेका हुन् भन्नु सरासर महागल्ती हो बुद्धको जन्म नेपालमा नै भएकाे हाे ।

ईशापूर्व ५४३ मा नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरु भएको वगैँचाको विचमा एकजना बालकको जन्म भएकाे थियाे । विश्वले ती बालककोे आदर्शलाई शिरोधार्य गरेर हिँडेको देखिन्छ ।  सम्राट अशोकपछि धेरै श्रद्धालु लुम्बिनी बुद्धस्थल यात्रा गरे । सुइ चिन चु पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा ह्वानसांगजस्ता चिनियाँ बौद्ध यात्रीहरूले तिर्थाटन गरेका थिए । यसरी नै १२ औं शताब्दीमा पश्चिमका रिपू मल्लले लुम्बिनीको तिर्थाटन गरेका थिए

शान्ती, सत्यता, अहिंसा अनि सरलताकालागी यिनै नेपाली बालक संसारका गुरु हुन २५०० वर्ष भन्दा अघिको उन्को ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । गौतम बुद्धका जिवनमा यस बैशाख शुक्ल पूर्णिमाले ठूलो महत्व राखेको छ, उनको जन्म, ज्ञान प्राप्ती अनि समाधी यही बैशाख पूर्णिमाकै दिनलाइ मानिन्छ । यिनै शाक्यमुनीको जन्म, समाधी अनि ज्ञान प्राप्तीको दिनकारुपमा आज विश्वको उत्तरी देखि दक्षिणी ध्रुवसम्म, मृत सागर देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारस देखि बेईजिगंसम्म आआफ्नै तरिकाले बुद्ध जयन्ती मनाईन्छ । आज हामीसबैका गौतम बुद्ध २५६१ वर्षका हुँदैछन भौतिक शरीर नाश भएपनि आफ्ना ज्ञान, वचन अनि अध्यात्मीक सिपमार्फत बुद्ध हामीसबैको चित्तमा विराजमान नै छन् । र दुनियामा नेपालको नाम परिचित बनाइरहेका छन । बिश्वमा नेपाली तारा बनेर उदाइरहेका छन ।

को हुन गौतम बुद्ध ?

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो र उनि जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावा तर्फ देखाएका भन्ने किंमदन्तीहरु सुनिन्छ, यस अनुसार उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तीम अवतार रहेको जानकारी र जनाउ भएको मानिन्छ । जन्मना साथ पोखरीमा स्नान गराईएका सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई अहिले सिद्धार्थ कुण्ड भनिन्छ, यसरी अलौकीक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनि जन्मेको ७ दिनमै दुख्खद मृत्यू भएको थियो । यद्धपी अत्यन्त अनुशासीत र मर्या्दित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जिवजगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखशयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् ।

यि राजकुमारलाई मानव जिवनमा आईपर्ने पिडा र दुख्ख निवारण गर्ने दर्शनको खोजी थियो र वर्षौ पछीको यिनको तपस्याले निकालेको दर्शन र ज्ञाननै वुद्धत्व हो । ज्ञान प्राप्तीको पथमा विरामी मान्छेहरु, घाईतेहरु, लोभी का साथसाथै आफ्ना सबैकुरा अरुलाई दान गरेर भिक्षु भएका मान्छेको अवस्था पनि सिद्धार्थ गौतमले नियाले, त्यसपश्चात आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतमनै आज संसारका महान गौतम बुद्ध हुन् ।  यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग गरी बोधगया भन्ने ठाउँमा एक बृक्षमुनि अधिष्ठानपूर्वक तपश्यामा लिन भए । तपश्याका क्रममा वुद्धलाई सम्यक सम्वोधि अर्थात महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरुमा उनले त्यहि महाज्ञानलाई बाँडे र संसारभर भगवान् वुद्ध भनि कहलिए ।

के हो बुद्ध धर्म ?

वुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभईकन एउटा अहिंसा, अधर्म अनि असत्यवाट मानवलाई जोगाउने एउटा दर्शन् हो, सर्वब्यापी दर्शन । यो धर्म शाक्यमुनि गौतम वुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम वुद्धलाई वर्तमान कल्पको चौथौं सम्यक सम्बुद्ध मानिन्छ । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।

संसारभरि फैलिएको यस बुद्ध दर्शनको उदगम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तीको देश पनि भनिन्छ, तसर्थ बुद्धको जन्मभुमीमा आजको दिनमा विभिन्न देशहरुले संसारभरिवाट अदभुत मन्दिर गुम्बाहरु निर्माण गरेका छन् ।

बुद्धले ८० वर्षको उमेरमा निर्वाणा प्राप्त गरेका हुन, उनले बोधगयामा कठोर तपस्या ध्यान पश्चात महाज्ञान प्राप्त गरेका थिए । वुद्धका सवै शिक्षा र उपदेशहरुको संग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा वुद्धका ३२ भौतिक गुणहरुको स(विस्तार वर्णन गरिएको छ । त्यहाँ वुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञानसुत्रहरु संग्रहित छ्न् । वुद्धको मुख्य दार्श्निक सिद्धान्त प्रतित्य(समुत्पाद हो । आधारभुत गुणहरु अनित्य, दुस्ख र अनात्मलाई वुद्धका आधारभुत सिद्धान्त मानिन्छ । गौतम वुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरु मध्ये एक अवतार मान्दछन् । गौतम वुद्धलाई एसियाका तारा पनि भनिन्छ । वुद्ध नेपालभुमीमा जन्मिएको हुँदा वुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिंदै आएको छ । वुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ ।

यसरी मनाउछन बिश्वमा बुद्ध जयन्ती

यसो त आजकल संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा पनि बुद्ध जयन्ती मनाउने परम्परा बसेको कुरा प्रचारमा आएको छ । बुद्ध जयन्ती अहिले नेपालको लुम्बिनीदेखि विश्वको कुना कुनासम्मा मनाउने गरेको देखिन्छ । बिश्वभर भगवानका रुपमा जन्म जयन्ती मनाउने चलनको बिकास हुँदै गएको पाइएको छ ।

देशको राजनीति द्वन्द्व र अनेक कारणबाट त्यसलाई निरन्तरता दिन सकिएको छैन । निकट भविष्यमा शान्ति र प्रगतिले बाटो लिनेछ । हाल बुद्धिष्ट सर्किट रुटको पनि कुरा चलेको छ । चीन सरकारले ल्हासामा रेलमार्ग नेपालको रसुवागढी नजिक ल्याई बुद्धको जन्मस्थल लुम्बिनी जोड्ने परिकल्पना गरेको छ । बुद्धको जन्मस्थल गुरु योजनाअनुसार निर्माण विकास भएमा हवाईमार्ग, स्थलमार्ग, समुद्रीमार्ग भएर विश्वभरका तीर्थालुहरू लुम्बिनी, कपिलवस्तु, रामग्राम अवलोकन गरी श्रद्धा सुमन अर्पण गर्नेछन् ।

यस पावन अवसरमा बुद्ध जन्मभूमि नेपालले महत्वपूर्ण गौरब तथा सम्पतिको संरक्षण,शुभकार्य स्मरण गर्नु र गराउनु उचित देखिन्छ ।