दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदै

 एजेन्सी,  दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । कार्यकाल पूरा गनुअघि नै राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारको आरोपमा महाअभियोग लगाएर पदबाट हटाईपछि नयाँ राष्ट्रपति चयन गर्न आज मतदान भइरहेको हो ।

निर्वाचनमा वामपन्थी झुकाव राख्ने मून जे–इन र मध्यमार्गी विचारधाराका आन चल सू बीच प्रतिस्पर्धा हुने बताइएको छ । तर मत सर्वेक्षणमा भने मू जे–इनको जित सुनिश्चित रहेको देखाइएको छ ।

सन् २०१२ मा कोरियामा भएको राष्ट्रपतिको निर्वाचनमा मू जे–इन सामान्य मतअन्तरले मात्र पार्क गुन हेसँग पराजित भएका थिए । पछिल्ला दिनमा दक्षिण कोरिया र उत्तर कोरियाबीचको दुरी बढ्दो क्रममा छ ।

राष्ट्रपतिका दाबेदार उम्मेदवार मून जे–इन उत्तर कोरियासँग सम्पर्क बढाउने पक्षमा छन् । तर यसअघिका राष्ट्रपति पार्क गुन हे प्योङप्याङसँगको सबै सम्बन्ध अन्त्य गरिदिएका थिए ।