जब राष्ट्रपतिले सोधिन्, ‘पकौडा त मिठै होला ?’

काठमाडौं ,राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अभिभावकका रुपमा आफूले निर्वाह गर्नुपर्ने भूमिका लगायत विषयमा छलफल गर्न मोर्चाका नेताहरुलाई शनिबार बोलाएकी थिइन् ।

राष्ट्रपतिले मोर्चाका नेताहरुलाई पकौडा खुवाएर सत्कार गरेकी थिइन् । नेताहरुले पकौडा खाँदै गर्दा राष्ट्रपतिले सोधिन्, ‘पकौडा त मिठै होला ?’ नेताहरुले जवाफ दिए ‘हजुरको सम्धी (पूर्व राष्ट्रपति रामवरण यादव) ले त मिठाइ, दही र चिउरा खुवाउनुहुन्थ्यो’ लगत्तै भण्डारीले आफ्नो भान्छामा पाकेको खुवाउन निम्ता गरेको र आफ्ना सम्धीको सत्कारलाई समेत ध्यान दिँदै मिठाइ, दही र चिउरा पनि खुवाएको जानकारी स्रोतको छ ।

मधेसी नेताहरुले ‘मैथिली परम्परा त सिक्नै पर्यो’ भन्दा राष्ट्रपतिले ‘छोरी दिएपछि सिक्दैछु । त्यो भन्दा अघि विराटनगरमा रहँदा मदन भण्डारीले पनि मिथिला खान मन पराउनुहुन्थ्यो’ भनेकी थिइन् । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।