यसरी झुक्याए सरकार र सिमेन्ट व्यवसायीले

काठमाडौं,बजारमा बढेको मूल्यमा सिमेन्ट कारोबार भइरहेपनि सम्बन्धीत व्यवसायीले भने मूल्य नबढाएको भन्दै उपभोक्तालाई झुक्याएका छन् । 

उद्योगमन्त्रीसँगको पछिल्लो छलफलमा सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताएपछि मन्त्रालयाले समेत उपभोक्तालाई ठगिनबाट सचेत रहन भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको छ ।

बजारमा अढाई महिनको बीचमा बिनाकारण सबै सिमेन्टमा प्रतिबोरा सय रुपैयाँसम्म वृद्धि गरेपछि व्यापक आलोचना भएको थियो । तर पनि बढेको मूल्य अहिलेसम्म घटेको छैन ।आजको नागरिकमा खबर छ ।