यसकारण पेट्रोलियम पाइपलाइन अलपत्र

काठमाडौं, पेट्रोलियम पाइपलाइनमा पर्ने रूख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिने भएको छ । राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बीचमा पर्ने करिब १३ हजार रूख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

आपूर्तिले फाष्ट ट्रयाकबाट रूख काट्न अनुरोध गरे पनि वन मन्त्रालयले फेरि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ननिर्देशन दिएपछि थप डेढ वर्ष लम्बिने संकेत देखिएको छ ।

पाइपलाइन निर्माणमा आवश्यक पर्ने पाइपलगायत सामाग्रीका लागि आइओसीले टेन्डर आह्वान गरिसके पनि वन मन्त्रालयको प्रक्रियागत झन्झटले लम्बिने निगमका एक अधिकारीले भने । नागरिक दैनिकबाट