आज ३४ जिल्लामा उम्मेदवारी दर्ता

काठमाडाैँ,स्थानीय तह पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

 

तीन प्रदेशमा पहिलो चरणको निर्वाचन ३१ वैशाखमा हुँदैछ । सो दिन ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम भए पनि प्रमुख दलहरुले उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । निर्वाचन आयोगले मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ ।

आजै साँझ ५ बजे उम्मेदवारको सूची प्रकाशन गरिने कार्यक्रम छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।