मेस्सीको खुसियालीको मेमे भाइरल

निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा नाटकीय गोल गर्दै लियोनेल मेस्सीले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध बार्सिलोनालाई आइतबार राती जीत दिलाए ।

२–२ को स्थितिमा रहेको खेलमा उनको गोलले बार्सिलोना विजयी भएको थियो ।त्यो खेलमा उनको गोल मात्र चर्चाको विषय बनेन उनले गोल गरेपछि मनाएको खुसियाली पनि हेडलाइन बन्न पुग्यो ।उनले गोल गरेपछि टिसर्ट फुकालेर खुशियाली मनाएका थिए । त्यहि फोटो अहिले सामजिक संजालमा भाइरल बनिरहेको छ ।