‘मिलाउँला नि यार’ भन्दै बालकोटबाट फर्किए देउवा

काठमाडौं, पार्टी भित्रका तीनवटै मुख्य गुटका नेतालाई सँगै लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संविधान संशोधनमा सहयोग माग्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा संशोधनबारे ओलीको प्रतिवादपछि ‘मिलाउँला नि’ यार भन्दै फर्केका छन् ।

कांग्रेस भित्रको सबै भन्दा ठूलो गुटका नेताका रुपमा सभापति देउवा, दोस्रो गुटका प्रमुख रामचन्द्र पौडेल र तेस्रो गुटका प्रमुख कृष्णप्रसाद सिटौलालाई सँगै लिएर देउवा ओली भेट्न पुगेका थिए । भेटमा देउवाले संविधान संशोधनमा सहयोग गर्न ओलीलाई आग्रह गरे । जवाफमा ओलीले एमाले विना दुईतिहाई पुर्याएर देखाउन चेतावनी समेत दिए ।

संविधान संशोधन देशहित विपरित भएको भन्दै ओलीले संशोधनमा समेटिएका विषयमा असहमति रहने वताएका थिए । स्थानीय तहका प्रतिनिधिको राष्ट्रियसभा सदस्यमा मताधिकार काट्ने, प्रदेशको सीमाङकनमा प्रदेशसभाको अधिकार खोस्ने, नागरिकताको प्रावधान खुकुलो बनाउने लगायतका विषय आफूहरुलाई मान्य नभएको ओलीले वताएका थिए । ओलीका सबै प्रश्नमा देउवाको एउटै जवाफ थियो– ‘मिलाउँला नि यार ।’