प्रचण्डको चरित्रमा जति सुनपानी छर्केपनि शुद्धता आउने छैन् ,

प्रिय बहिनी उषा मुटु भरीको माया अनि न्यानो अभिबादन

बहिनी उषा ...
समय पनि कस्तो निष्ठुरी रैछ म उसै पनि समय सँगै कुद्न नसकेर आफ्नो जीवनको आजको दैनिकी लाई उतार्न नसक्ने अबस्थामा थिए । ३० मिनेटको ब्रेकको समयमा एकछिन के फेसबुक खोलेर मेरो आँखालाई त्यही वरिपरि घुमाएको थिए एक्कासि तिमी ले आँसु झार्दै गरेको फोटोमा समाचारका लहरहरु छुटेका रहेछन् ।
 
एकछिन त म अलमलमा परे तिमीसँग सम्पर्कको लागि केही दिन अघि मात्रै सामनाको चर्चित कलाकार दिदी चन्द्रासँग पनि कुरा गरेको थिए । खबर गरेको मैनदिन नपुग्दै तिम्रो बारेमा अपत्यारिलो समाचार आउदा म आफै भाबुक बने। बैनी उषा तिमीलाई जान्नेहरुले पुर्ब माओवादी केन्द्रिय कलाकार मात्रै भनेर सम्बोधन गरेका छन् । बाकी जीवनको इतिहास कहि पनि पल्टाएर लेखिएको देखिन । जीवनको संघर्षमय यात्रा यति मात्रै पनि थिएन ! जे होस् जसरी भए पनि तिमी यो परिस्थितिमा यसरी बाहिर आउनुमा न त तिम्रो दोस न त मेरो दोष ! दोष छ त यहाँ सपनाको बाटो देखाएर जीवन बर्बाद गर्नेहरूको छ ।
 
त्यसैले हामी हाम्रो जीवन धान्न यो बाटो रोजिरहदा हामीलाई हिडाल्ने ती कसुरबन्दहरु आज हाम्रो जीवनको दैनिकी देखि हाँसोका खित्का छोडिरहेका छन् ।यो दृश्यले झनै म आफुलाइ आफै समाल्न सक्ने अबस्थामा रहिन । उषा मलाई आज जस्तै लाग्छ । जति बेला हामी त्यही १६ बर्षे जवानीको ढलमलाउदो उमेरमा सेती र महाकालीका बस्तीहरुमा हिडिरहेका थियौ । सहकार्य र साहनुभुतीको यहाँ कुरा नगरौ । ती कति घतलाग्दा र कति कालजयीको रूपमा मन भित्र स्थापित भएका छन् । यसको बयान गरेर बर्णन गरि सक्नुको छैन । तर आज धेरै मन भित्र अनेक प्रश्नहरुले म आफैलाइ अनुत्तरित बनाएर ति उ बेलाका समयका बारहरुले पर धकेलेको अनुभुती गरि रहेको छु ।
 
बहिनी उषा
 
आज जीवन र बलिदानको लेखाजोखा गरेर जोड घटाउ गर्ने हो भने अन्तिममा आउने उत्तर जिरो होला । तर हामीले हार नखाइ जीवन जिउने बाटो रोजिरहदा आफै मा गर्भ गर्न लायक छ । आज मलाई बर्तमानले भन्दा पनि इतिहासले झनै भाबुक बनाएको छ । उ बेला हामीले हाम्रो सत्ता स्थापना को निम्ति सपनाहरू साकार पार्न अनेक अभिनय गर्नु पर्थ्यो । आज तिमीले रोजेको जीवनको काहाली लाग्दो दैनिकी होस् या मैले रोजेको जीवनको काहाली लाग्दो दैनिकी होस् ! यो कति बेला त उहीँ कलाकार कै भुमिका मा अभिनय गरेको अनुभुती हुन्छ । जब घर मा साँझ पख चुलोमा कहिलेकाही आगो बाल्न धौ धौ पर्छ । अनि मात्रै सोचिन्छ जीवन अनेक सपनाहरूबाट हार खाएर अभावमा चलिरहेको छ । यस्तै नाटकीय पिडाहरुले जीवनका अनेक सपनाहरू उ त्यही नायक भनेर बुझेको गद्दार को राजगद्द मा सलबलाइरहँदा सडकमा हामी भौतारी रहेका छौ । उसो त हामी ले संघर्षको जीवन रोज्नुमा कुनै पछुतो छैन ।
 
बहिनी कस्तो समय को खेल है ! हिजो तिम्रो कलाका दर्शक बनेका ती झारपातहरु आज मेयर र उपमेयर को पगरी बेरि नेताको उपमा पाएर चुनावी मैदानमा छन् । न त उनिहरु जनयुद्धको हकदार हुन् ! न त उनिहरु सहिदको रगतको टीका लगाइ वास्तविक कसम खाएका ईमानदार सहयोद्धा हुन् । आज पैसा र आफ्नो बुर्जुवा चिन्तनले तिमी हामी माथी सिद्धान्तको नाटक रचिरहेको देख्दा कहिलेकाही त हामी आफू आफैलाइ चिन्न सक्ने अबस्थामा हुदैनौ । ती काँतरहरु नेता तिमी त्यही चुनाव को एक सामान्य म्यादी प्रहरीको भुमिकामा हुँदा आज के देखिरहनु परेको छ यो त बुझ्न आफैलाइ गार्‍हो छ  ।

बहिनी उषा

मलाई धेरै कुरा भन्नू छ । अाज मसँग समय छैन । भनुँ या बिवशता म पनि बहिनी जस्तै कुनै न कुनै परिबन्धमा छु । खाडिकाे उराठ लाग्दाे भुमिमा दशनंग्रा खियाइरहेकाे छु । उप्रान्त जिवनकाे एक उर्जावान समय बेथित गरीरहेकाे छु ।मनले मानेन अँह थाम्नै नसकेर  तै पनि दुर्इ शब्द बहीनीकाे नाममा संबाेधन गर्दैछु । बहिनी मलाइ धेरै भन्नु छ समय छैन ।  अब अन्तिममा एउटा प्रश्न राख्न मन लाग्यो । प्रचण्डले धोकाको शुरुआत नगरेको भए आज हामी यो अबस्थामा हुने थिएनौ ।

बहिनी उषा ….

जनयुद्धमा सन्तान गुमाएर आफ्नो बलिदानी गरेर आज उषाहरु म्यादी प्रहरीको रूपमा, जनयुद्धको बेला भागेर आत्मसमर्पण गर्नेहरु आज नेताको रूपमा स्थापित भएको देख्दा प्रचण्डको चरीत्रमा जति सुनपानी छर्के पनि शुद्धता आउने छैन । त्यसैले धोखेबाज प्रचण्ड मुर्दाबाद जनताको नेता बिप्लब जिन्दावाद भन्नु को विकल्प छैन यो भबिश्यले पुष्टि गर्ने छ ।

बैनी उषाको बहादुरीलाई कदर गर्दै सम्मान पर्कट गर्दछु । आँसु उषाको होइन अब ती दलालको झार्ने दिन ल्याउनु पर्छ । यसमा बिश्वास प्रकट गरौ ।

उहीँ दाइ विवश कुमार सेजुवाल हाल मलेशिया