नेपालमा अस्थिरता निम्त्याउने भारतको योजना,

यस्तो रहेछ राजदुत पुरी आउनुको रहस्य

एजेन्सी, नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जितसिंह पुरी अाउनुको गोप्य रहस्य खुलासा भएको छ । नेपाल आएर कार्यभार सम्हालेको केहि हप्ता नवित्दै उनलाई भारतले महत्वपूर्ण ‘मिसन’ पूरा गर्न खटाएको पोल खुलेको हो ।पुरीकाे हिन्दु राष्ट्र मिसन भएकाे खुलासा भएकाे पाइएकाे छ । उनी हिन्दु राष्ट्रकाे मिसन ल्याएर नेपाल अाएकाे खुलासा भएकाे हाे ।  भारतीय प्रोफेसर एवं नेपाल मामिलाका जानकार डा. एस.डी मुनीले नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले हिन्दू राष्ट्र पुनः स्थापना गर्नेबारे नेपालमा खुलेरै लबिङ गरिरहेको खुलासा गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटर उनले लेखेका छन्– ‘भारतीय राजदूत पुरीले नेपालमा हिन्दू राष्ट्रको वकालत गरिरहेको रिपोर्ट आएको छ । त्यो भारत र नेपालको संविधान विपरित छ । यो विजेपीको लाइन हो, भारतको होइन् ।’पुरीले मंगलबार राप्रपा अध्यक्ष रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापासँग भेट गरेर हिन्दू राज्य र राजसंस्थाका बारेमा गम्भिर चासो राखेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेको सन्देश उनले थापालाई सुनाएका थिए ।

यसअघि पुरीले नेपाल सरकारले आफै बनाउने निर्णय गरिसकेको फास्ट ट्रयाक परियोजना बनाउन अझै भारत इच्छुक रहेको र त्यसमा आफ्नो उपस्थिती खोजिरहेको बताएका थिए ।

यस्ताे छ उनकाे टुइट