गुम्बा बनाउने बहानामा हिमाली क्षेत्र उक्लिँदै भारत

नेपालको उच्च हिमाली भु-भागमा ३१वटा गुम्बा बनाइदिने ?

काठमाडाैँ,भारत सरकारले नेपालकाे उच्च हिमाली भुभागमा ३१ वटा गुम्बा बनाइदिने प्रस्ताव अगाडी सारेकाे छ । भारतले नेपालका उच्च पहाडी र हिमाली भु-भाागमा बस्ने बाैद्ध धर्मालम्बीहरूकाे सहयाेगार्थ भन्दै गुम्वा बनाउने तयारी गरेकाे छ । तिब्बतियन सांस्कृतिक हिसाबले सामरिक महत्वका ठाउँहरूमा भारतले गुम्बा बनाउने याेजना अगाडी सार्नु सामान्य नभएकाे जानकारहरू बताउँछन् ।

भारत सरकारले नेपालका, रसुवा सिन्धुपाल्चोक, रामेछाप,संखुवासभा, दोलखा, हुम्ला, डोल्पालगायतका उच्च हिमाली भेगका क्षेत्रहरुमा करिब ३१ वटा गुम्वा बनाउने योजना अघि सारेको हो। पुरातात्वीक स्रोतकानुसार ३१ वटा ठाउँमा गुम्वा बनाइदिने भारत सरकारले बताए अनुसार हिजोआज त्यसको बिषयमा अान्तरिक रूपमा ब्यापक छलफल चलिरहेको छ । तर, जानकारहरुकानुसार उच्च हिमाली भुभागमा गुम्बा बनाउने याेजनासँगै भारत चीनकाे नजिक पुग्न खाेज्दै छ । त्यहीबाट भारतले चीन विराेधी गतिविधि गर्न सक्ने बताएकाे छ । 

नेपालका बहुमुल्य सम्पतीकाे रूपमा रहेकाे हिमाली क्षेत्रमा भारतले गुम्बा बनाइदिनु सहयाेग मात्र नभइ रहस्यकाे रूपमा रहेकाे पाइएकाे छ ।स्राेतकानुसार भारतले ३१ वटा गुम्बा बनाइदिने भन्दै अाफैले ठाँउ ताेकेर पुरातात्विक बिभागमा पत्रचार गर्नु समान्य नभएकाे समेत बताँउछन । पत्रमा बिभिन्न ३१ वटा ठाँउकाे नाम समेत  लेखिएकाे छ । 

यस्ताे छ भारतले पठाएकाे पत्र