ड्रोन उडाएका कारण ग्रिसका नागरिक पक्राउ

लमजुङ, हिमाली जिल्ला मनाङमा अवैध रुपमा ड्रोन उडाउँदै गर्दा पक्राउ परेका एक विदेशी नागरिक ५ हजार जरिवाना तिरेर छुटेका छन् । आजको कान्तिपुरमा खबर छ ।

अनुमति नलिई ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा मनाङ प्रहरीले बुधबार साँझ ग्रिसका नागरिक पेट्रोस नउसियसलाई चामे गाउँपालिका ४ गुम्बा परिसरबाट पक्राउ गरेको हो ।

नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार ड्रोन क्यामेरा फिर्ता गरी जरिवाना लिएर उनलाई छाडिएको थियो ।