‘अघोषित’ लोडसेडिङ ?

बुटवल – गर्मी बढेसँगै रुपन्देहीमा विद्युतीय समस्याले हैरान बनाएको छ । मागअनुसार आपूर्ति नहुँदा कम भोल्टेज, छिनछिनमा लाइन जाने समस्या बढेको खबर आजको कान्तिपुरमा छ ।

स्थानीय विद्युत प्राधिकरण ग्रिड महाशाखाका अनुसार जिल्लामा दैनिक झन्डै सय मेगावाट विद्युतको माग छ । प्राधिकरणले भने जम्मा ७० मेगावाट मात्रै वितरण गरेको छ । गण्डक नहर बन्द हुँदा र भारतबाट आपूर्ति भइरहेको विद्युत अनियमित भएकाले समस्या बढेको हो ।