चेलिबेटी बेचबिखनको खतरानाक संजाल ठमेलदेखि दिल्लीसम्मा यस्तो छ, नेपाली चेलीको मोलमोलार्इ

कुरो कोठीमा हैन, कोठामा !

 चेलिबेटी बेचबिखनको स्वरूप  बिस्तारै बदलिन थालेको छ । कुनै न कुनै बहानामा चेलिबेटीहरूको बेचबिखन दिनानुदिन बडिरहेको छ ।अझत चेलिबेटी बेचबिखनको मुख्य केन्द्र भारत बनेको छ ।   भारतमा बेचबिखन पर्ने नेपाली महिलाको संख्या झन डर लाग्दो ढंगले बढिरहेको छ । बेचबिखन नघट्नुको मुख्य कारण  यौन तथा मनोरञ्जन बजारको चरम विविधीकरण बनेको छ  । यसको मुख्य असर नेपालका शिक्षित र आधुनिक युवतीहरुसम्म पुगेको छ । काठमाडौंका ठमेल महिला बेचबिखनको मुख्य स्रोत बन्न थालेको छ । स्रोतकानुसार  ठमेलमा दिनदाहाडै युवतीहरूको मोलमोलार्इ हुने गरेको  छ । अमेरीका, क्यानडा ,लाओस,कम्बोडिया जस्ता मुलुकको  सपना देखाइ युवतीहरूलार्इ जालमा पार्ने गरेको स्रोत बताउँछ ।  ठमेलका डान्स बार र पार्लरहरुबाट दिनहुँ युवती हराउँछन्  र तिनीहरु सोझै दलालमार्फत भारतको यौन तथा मनोरञ्जन बजारमा पुग्छन् । त्यस्तै पोखरा, बुठवलका बार तथा दोहोरी र मसाज पार्लरहरुमा पनि दलालहरुको बाक्लो आवत जावत हुन थालेको पाइएको छ ।

 

करिब ६ महिनाअघि दलाललाई १६ लाख रुपैयाँ बुझाएर क्यानडा जान हिँडेकी   रामेछापकी पार्वती गुर्माछान (नाम परिवर्तन) अहिले नयाँ दिल्लीको पहाडगञ्जमा स्थीत एउटा बारमा काम गर्छिन् । क्यानडा लैजाने दलालले बैंकक, लाओस, क्याम्बोडिया, भियतनाम हुँदै तीन महिना अघि दिल्लीमा ल्याएर छाडेपछि उनको क्यानडा सपना बियर बारमा पुगेर रित्तियो । कपाली तमसुक गरेर ऋण लिएको १६ लाख रुपैयाँ तिर्ने हैसियत नभई नेपाल फर्किने अवस्था नभएपछि उनी दलालले राखेको ‘अस्थायी अखडा’ छाडेर वियर बारमा काम गर्न थालेकी हुन् । उनीसँगै अमेरिकाका लागि दलाललाई २२ लाख बुझाएकी सिन्धुपाल्चाेक की सिन्धुपाल्चोक गुम्बाकी निङमा शेर्पा (नाम परिवर्तन) पनि गत साता दिल्लीकै एउटा बियर बारमा भेटिइन् ।

उनीहरुसँगै क्यानाडा र अमेरिका जाने भनेर दिल्लीमा अलपत्र परेका २३ मध्ये ४ जना युवतीले काठमाडौं फर्केर प्रहरीमा जाहेरी दिइसकेका छन् । मानव तस्करी गिरोहका केही व्यक्तिको पहिचान भइसकेको र चाँडै मानव बेचबिखनमा संलग्न ठूलो गिरोह पक्राउ गर्न लागिएको उपत्यका प्रहरी अपराध महाशाखा स्रोतले जनाएको छ । सो गिरोहका केही व्यक्तिको नाम र प्रमाणसहित तीनजना पीडित युवतीले जाहेरी दिएका छन् ।

कुराे कोठीबाट कोठा तिर पाे  !

अमेरीका उडने सपना बाेकेर त्यहाँ पुर्याइएका चेलिहरूलार्इ महिनाै राखिन्छ । भएकाे रकम सबै सिझिएपछि नेपाल फर्किने अवस्था नरहेकाहरु दलाल मार्फत नै त्यहाँका बारमा काम गर्न पुग्छन् ।उनिहरूलार्इ काम नगरी नहुने स्थीती अाइलाग्छ ।  कतिपयलाई फ्ल्याट भाडामा लिएर बिभिन्न तारे होटलमा दलालहरूले नै  सप्लाई गर्ने गरेको समेत पाइएको छ ।

दिल्लीस्थित हेल्प नेपाली मिसनका एक कर्मचारीका अनुसार अचेल दिल्लीमा कोठीभन्दा पनि कोठा (फ्ल्याट) मा युवतीहरु बेचिने गरेका छन् । बेचबिखनमा परेकाहरुको उद्दार स्वदेश फिर्तीको सन्दर्भमा सरोकारवालाहरुको राय लिन दिल्ली पुगेकी शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले भारतमा नेपाली महिला र बालवालिकाको बेचबिखन डरलाग्दो ढंगले बढेको बताइन् । उनले भनिन्-बेचबिखनको शैली फेरिएको छ, विगतमा जस्तो कोठी र सर्कसमा होइन, फ्लाट लिएर होटलमा सप्लाई गर्ने र छाला ट्रान्सप्लान्ट गर्ने प्रयोजनमा समेत बेचबिखन हुने गरेको पाइएको छ ।

 अमेरिका उडने सपना यौन बजारमा छताछुल्ल भएपछि..

अमेरिका, क्याडाना, युरोप, अष्ट्रेलियाजस्ता देशमा पठाउने भन्दै दलालहरुले लाखौं रुपैया असुलेर अलपत्र पारेका थुप्रै उदाहरणहरू छन । नेपालबाट अमेरीका लगायतका बिभिन्न मुलुकहरूमा पुर्याइदिन्छु भन्दै भारत पुर्याउने र त्यहाँ लगिसकेपछि केहि महिना पर्खन भन्दै एउटा कोठामा थुनेर राखेकाहरु दिल्लीमा प्रसस्तै भेटिन्छन् ।

मानव तस्करीको अन्तर्राष्ट्रिय गिरोहबाट फसेका  नेपाली चेलिहरु दिनहुँ बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा पुगिरहेका हुन्छन् । ती मध्येकै कतिपयचाहिँ दलालमार्फत नै भारतका यौन बजारमा पुग्छन् ।

आधिकारिक तथ्याङ्क नभए पनि दिल्ली, मुम्बई, गोवा, पुणे र बैंगलोरका बियर बार तथा क्यासिनोहरुमा सयौं होइन, हजारौंको संख्यामा नेपाली चेलीहरु पुगेका छन् । उनीहरुमध्ये अधिकांश तेस्रो देशमा रोजगारीको प्रलोभनमा फसेर वा काठमाडौंका डान्स बार तथा क्याबिन रेष्टुरेन्टहरुबाट दलालमार्फत त्यहाँ पुगेका हुन् । दलालहरुले तेस्रो मुलुक पुर्‍याउने प्रलोभनमा लाखौं रुपैयाँ असुल्ने र दिल्लीमा अलपत्र पार्ने गरेका घटना नेपाली दूतावासमा दिनहुँ आइरहेका हुन्छन ।

देहव्यापार देखि अंग प्रत्यारोपणको बजारसम्मा

पछिल्लाे समय भारतमा मानव बेचबिखनको बजार शैली परिवर्तन भएर  व्यापक विस्तार भएको पाइएकाे छ ।  विगतमा कोठीमा बेचिनेहरू अहिले ठेकेदारमार्फत सप्लाई गर्ने र मानव अंग प्रत्यारोपणका लागि बेचबिखन भइरहेको पाइएकाे छ । एक अनुसन्धानकानुसार नेपाली महिलाहरूकाे छाला समेत तस्करी गर्ने गरेकाे  पाइएकाे छ  । भारत विश्व यौन बजारकै ठूलो केन्द्र बनेकाे र त्यसैले बेचबिखनको समस्या अझ बढ्ने जानकारहरू बताउँछन ।