चितवनमा विप्लवको कार्यक्रम विथोल्यो प्रहरीले

चितवन, नेपाल कम्युनिष्ट पार्टीले चितवनको भरतपुरमा आयोजना गरेको सभामा प्रहरीले हस्तक्षेप गरेको छ । नारायणगढबाट र्‍याली सुरु भई चौविसकोठीमा भएको सभामा निर्वाचन विरोधी भाषण भइरहेकै समयमा प्रहरीले हस्तक्षेप गरी विथोलेको हो ।

प्रहरीको धरपकडमा नेपाल कम्युनिष्ट पार्टीका सदस्य चितवन अमृतनगरका कृष्ण प्रसाद पौडेल घाइते भएका छन् । उनको उपचार भइरहेको छ । सभामा भाषण सुरु हुने वित्तिकै प्रहरीले तितरवितर पारेको थियो ।

प्रहरीले कार्यक्रम विथोल्न खोजेपछि केही वेर दुवै पक्षविच तनाव भएको थियो । कार्यक्रमस्थल वरपर अहिले पनि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बसिरहेका छन् । प्रहरीको पनि बाक्लो उपस्थिीती रहेको छ ।