अपरिपक्व उमेरमा राखेको काँचो सम्बन्धको एक हिस्सा पनि सम्झनामा ल्याउन सक्दिन
दर्जन बढी म्युजिक भिडियो निर्देशन र फिल्म खेलिसेकेका संचारक्षेत्रमा मनग्य ढंगले काम गरिरहेका अजुर्नराज देख्दैमा हाँसीला र स्वभालम्बी मानिन्छन । साहित्य प्रतिको अधिक रूचिले सरकारी जागिर छोडेका भण्डारीका जिवनमा कम आरोह अवरोह आयनन् । र पनि नहडवडाएर जिवनलार्इ निरन्तर संघर्ष ठान्ने भण्डारी कहिलेकाँही आफैदेखि चकित पर्छन । भन्छन जिवन अनवरत बिकासको निरन्तरता हो । पश्चिम क्षेत्रमा हुने हर साहित्यिक कार्यक्रम नछुटाउने भण्डारी सिर्जनशिल थिए । उनि जहाँ पुग्थे जिवनको नयाँ दर्शन देख्थे । धैर्यतालाई मेहनतको फल ठान्ने भण्डारी मेहनत गरेमा र निरन्तर लागि परेमा जस्तो सुकै काममा पनि सफलता लिन सकिन्छ भन्ने विश्वास लिन्थे । सानै उमेरदेखि उत्सुक भण्डारी थुप्रै सामाजिक संघ संस्था तथा व्यवसायिक संगठनहरुमा पनि आवद्ध थिए । हुने विरुवाको चिल्लो पात भने झै भण्डारी सारै मेहनती थिए ।
जस्तो सुकै अपठ्यारो चुनौति आउँदा पनि कहिल्यै हरेस नखाने उनि भन्छन् “कुनै पनि व्यक्ति एकै चोटि सफल हुने होइन उसको मेहनत, लगनशिल्ता र काम प्रतिको लगावले सफल बन्ने हो । उसको कडा परिश्रमले सफल हुने हो कहिलेकाँहि असफल भयो भन्दैमा हरेस खानु हुदैंन । र्कममा निरन्तर लागेमा एक दिन सफल भइन्छ” भन्ने उनको विश्वास छ । यसै कारण पनि भण्डारी जहाँ पाइला टेक्यो त्यहि सफल भएका छन् । तर आफुलाई सफल ठान्दैनन । एक असल नागरिकको रुपमा समाजमा आफुलाई चिनाउने लक्ष्य साथ अघि बढिरहेका भण्डारीले दर्जन भन्दा बढी म्युजिक भिडियोहरूमा समेत अभिनय गरीसकेका छन ।
भविष्यमा आफु एक असल पत्रकार,संचारकर्मी तथा कलाकार बन्ने ठुलो अर्जुनदृष्टी राखेका छन अर्जनराजले, उनि देख्दा जति सरल सहज लाग्छन , त्यति नै कोमल छन् । अरुको दुखमा सहयोग गर्दा उनलाई सबैभन्दा बढि आत्मसन्तुष्टि मिल्ने गर्छ ।
जीवनमा सबै कुरा कल्पना गरेको वा सोचेको जस्तो हुन्छ भन्ने हुँदैन । सपना देखेका सबै पुरा हुन्छन भन्ने पनि हुँदैन । तर जे भोगिन्छ यथार्त भोगिन्छ जे देखिन्छ यथार्त देखिन्छ भन्ने मान्यता राख्ने भण्डारी संग कुसे न्युजले सोधेका सात प्रश्न ।
यस्ता छन् उनिसंग साेधिएका याे हप्ताका ७ प्रश्न
१.तपाँइको जन्म कुन ठाँउ र कस्तो परिवारमा भयो ?
……. मेरो जन्म सुर्खेत जिल्लाको दर्नाकोट भन्ने असाध्यै बिकट ठाँउमा भयको हो । जहाँ अहिले सम्म पनि मोटर पुग्न सकेको छैन यो ठाँउ दैलेख र सुर्खेत को सिमा पर्छ ।
२.तपाँइ कसरी कलाकारीता क्षेत्रमा प्रबेश गर्नु भयो ?
…… म +2 पास गरेपछि साथिभाइको लहै लहैमा लागेर नेपालि सेनामा भर्ति भएँ । सेना भित्रको कडा र रुखो ब्यबहार मलाइ पटक्कै मन नपरेपछि मैले तिनबर्षे जागिर छोडेर सुर्खेत बजारमा सानो पसल खोलेर गुजारा चलाउदै साहित्य प्रतिको आफ्नो अभिरुचिलाई निरन्तरता दिनथाले । कलेजका हरेक प्रोग्राममा नछुटाई नियमित जसो गजल कविता बाचन गर्दै कार्यक्रम उद्घोषण गर्दै रहर मेटाउथे ।साहित्यिक कार्यक्रम र प्रतियोगिता मैले कहिल्यै छोडिन ।
यसैक्रममा बिरेन्द्रनगरको रेडियो भेरी एफ एममा साहित्यिक कार्यक्रम संचालन गर्ने प्रस्तोताको जरुरी भयको खबर पाएँ त्यसपछि युबराज शर्मा नामका आदर्णीय ब्यक्तित्वको सहयोगमा म सर्जक र सिर्जना गित गजल जस्ता कार्यक्रमको प्रस्तॊता हुँदै सन्चारकर्ममा जोडीएँ । यही नै मेरो जिवनको खुडकिलो बन्यो ।
३.तपाँइको जिवनमा भोगेको सबैभन्दा कठिन अबस्था ? र तपाँइको जिवनको गर्व गर्न लायक अनुभुती ?
………… मैले मोफसल मा काम गरेको ५ वर्ष पछि राजाधानिमा आयर पुन आफ्नो पत्रकारिता र सन्चारकारिता सँगसगैँ कलाकारिताको रहर र सपनाको धङ्धङी मेट्न तम्सिए तर संचारक्षेत्रको पारिश्रमिकले मेरो डेरा भाडा र नुनतेल चामलको जोखोसम्म टर्दैनथ्यो ।
घरबेटि सग भाका टार्दा पाएको दुर्बाच्य र कैयन समय एकछाकले गुजार्दाको अनुभब त म सँग धेरै छन र पनि मैले अर्को छेत्रमा हामफालेर दुई छाकको सपना कहिल्यै देखिन ।
कती सहकर्मि अमेरिका पुगेर भाडा माझ्दै छन कती दुबइ मलेशिया को तातो घाम मा जोतिदैछन म १२ १३ बर्ष देखी यही छेत्रमा टिक्न सकेको छु यो नै सबभन्दा ठुलो गर्बको बिषय ठानेको छु । मैले कसैको एक रुपैयाँ नखायर एक एक संचार कर्मको धर्म नछाडेर हिड्दा आज म सँग काठमाडौँमा घर छ ,तिन दर्जन बढी रेकर्ड गितको शर्जक ,दर्जनौ म्युजिक भिडियो टेलिफिल्म र फिल्मको कलाकार थुप्रै म्युजिक भिडियोको निर्देशक तथा केहि चलचित्रको लेखक बन्न पाउदाको अनुभब र घरमा सँगालेका अनगिन्ती दोशल्ला र प्रमाणपत्र नै मेरोलागी सबैभन्दा महत्वपूर्ण हुन ।
४. आफुलाई सफल बनाउन तपाँइले गरेको सबैभन्दा महत्वपुर्ण कुरा ?
……… त्यसो त आज पनि म आफुलाइ सफल भंन्न सक्ने हैसियत को ठान्दिन । तरपनि आफ्नो अभिरुचीको छेत्रमा निरन्तर लगाम लगायको घोडा बनेर हिंडे । हल्ला र उचाल्ने पछार्नेको कुरो सुनिन केवल आफ्नो दिल र दिमागको स्तमाल गरें ।
टिक्न सके एकदिन बिकिन्छ भनेर हिंडे यहिनै मेरो लागि महत्वपूर्ण कदम् र निर्णय हो जस्तो लाग्छ ।
५ .जिवनमा पछुतो लाग्ने प्रसंग ?
…….- १४ बर्षको अपरिपक्क उमेरमा अबिभाबक को कुरा नसुनेर कच्चा निर्णय गर्दा मैले धेरै बर्ष चरम् मानशिक पिडा झेल्नुपरेको छ । जिबनको पश्चाताप यहि नै हो ।
६. तपाँइले यदी बाल्यकाल पाउनु भयो भने जिवन कसरी अगाडी बडाउनु हुन्थ्यो ?
……यदि बाल्यकाल फेरी मिल्नेभए आमाको काखमा तोते बोल्ने थियँ चाहिन्न केहि अरु मलाई ।
७. तपाँइले पहिलो पटक सेक्स कहिले गर्नु भयो र सेक्स तपाँइको अनुभुतिमा के हो ?
……..जती कोसिस गरेपनि अपरिपक्क उमेरमा राखेको काँचो सम्बन्धको एक हिस्सा मात्र पनि सम्झनामा ल्याउन सक्दिन म ऱ त ग्लानी हुन्छ । शायद ! म १५ बर्षको हुदो हुँ ।
कुसे न्युज परिवार ।