सीके राउत ६ दिन मात्रै प्रहरी हिरसतमा

भैरहवा, रुपन्देही जिल्ला अदालतले राज्यविरुद्ध सांगठनिक अपराधको अभियोगमा पक्राउ सीके राउतलाई ६ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए । 

प्रहरीले सिरहादेखि अड्डासार गर्दै राउतलाई रुपन्देही ल्याएको छ । सिरहा जिल्ला अदालतबाट बिहीबार १० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका राउतलाई रुपन्देही मर्चवारमा भएको घटनालाई लिएर प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

उनीसँगै अदालतले अन्य सात जनालाई सोही अभियोगमा ६ दिनको म्याद थप गरेको छ । फागुन ७ गते राउतलाई रिहा गर्न माग गर्दै नाराजुलुसमा निस्केका कार्यकर्ता र प्रहरीबीच भएको झडपलाई लिएर प्रहरीले नियन्त्रणमा लिएका २५ जनामध्ये ६ जनामाथि मुद्दा चलाएको थियो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।