माओवादीले ९ गते उम्मेद्वार तोक्ने

काठमाडौं, । सत्ता नेतृत्वको माओवादी केन्द्रले वैशाख ९ गने स्थानीय तहका उममेदवार चयन गर्ने भएको छ । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र कार्यालय बैठकले ९ वैशाखमा चुनावी सभा गरी उम्मेद्वार तोक्ने निर्णय गरेको हो ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– ‘वैशाख ३१ मै स्थानीय चुनाव गर्ने र त्यसका लागि पार्टीको चुनावी कार्यक्रम प्रभावकारी बनाउने निर्णय भएको छ’, बैैठकपछि माओवादी नेता एवं उर्जामन्त्री जनार्दन शर्माले भने, ‘केन्द्रीयस्तरमा सबै निर्वाचन केन्द्रमा ९ सभा गर्ने निर्णय भएको छ, त्यसअघि नै उम्मेदवारको पनि टुंगो लगाउने निर्णय भएको छ ।’ बैठकले उम्मेद्वार टुंगो लगाउन स्थानीय कमिटीलाई नै जिम्मा दिने पनि निर्णय गरेको छ ।