गाडी चलाउँदैहुनुहुन्छ ? हर्न नबजाउनुहोला

निगरानी छ चोक-चोकमा

काठमाडौं, सरकारले काठमाडौं उपत्यकामा शुक्रबारदेखि हनृ बजाउन निषेध गरेको छ ।  सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण गरेको भन्दै हर्न बजाउन रोक लगाइएको हो । ट्राफि प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्ल अघिल्लो दिनको तुलनामा १ गते हर्न बजाउने सवारी साधनको संख्या न्यून भएको बताउँछन् ।

‘चोक-चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले हर्न बजाउने, नबजाउने सवारीसाधन अनुगमन गरिरहेका छन् ।’ उनले भने ‘अघिल्ला दिनहरुमा जस्तो हर्न नबजाएको रिपोर्ट आइरहेको छ ।’ हर्न निषेध गरेसँगै अब सवारी चालकले जहाँ पायो त्यहीं हर्न बजाउने प्रवृत्ति अन्त्य हुने उनको विश्वास छ ।आजको नागरिकमा खबर छ ।

चालकले ओभरटेक, यात्रु बोलाउन, अगाडीको गाडी हटाउन, साना सवारीलाई जिस्काउन, रमाइलो गर्ने बहानामा हर्न बजाउने गरेको उनले बताए ।