भएन मर्मत बीपी राजमार्ग : यात्रुलाई सास्ती

रोमछाप, डेढ महिनाअघि सडक धस्सिएर अवरुद्ध बीपी राजमार्गको अझै मर्मत हुन सकेको छैन । मर्मत नहुँदा दैनिक सयौं यात्रु सास्ती खेप्न बाध्य छन् ।  फागुन पहिलो साता सुनकोसी र तामाकोसीको संगम त्रिवेणी नजिकै झन्डै ३७ मिटर सडक भास्सिएको थियो ।

साबिकको अस्थायी सडक मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । तर त्यो साँघुरो र कच्ची भएकाले घण्टौंसम्म सवारी जाम हुने गरेको छ । सडक अवरुद्ध भएको स्थानमा खाना र पानी खाने व्यवस्था पनि छैन ।आजको कान्तिपुरमा खबर छ ।