कसरी हराए पाकिस्तानी पूर्वकर्नेल मोहम्मद हविव जाहिर ?

 संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तवार्ता दिन भन्दै चार दिनअघि नेपाल आएका पाकिस्तानी सेनाका पूर्वजर्नेल मोहम्मद हबिब जाहिर बेपत्ता भएपछि नेपालमा उनको व्यापक रुपमा खोजतलास भईरहेको छ । नेपालस्थित पाकिस्तानी दुतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको हो ।

नेपालमा युएनको जागिरका लागि बिहीबार नेपाल आएका उनी हराएको भन्दै परराष्ट्र हुदै प्रहरी प्रधान कार्यालयमा पत्र आएपछि प्रहरी खोजीकार्यमा लागेको छ । उनी एजे ५१२२९६४ नम्बरको पासपोर्टमा डब्लुवाई ३४४ कलसाइनको उडानमा नेपाल आएको पाकिस्तानको डिफेन्स मिनिस्ट्रीले जानकारी दिएको छ । ओमन हुदै नेपाल आएका उनी सोही दिन आन्तरिक उडानबाट भैरहवा पुगेको र उनले पाकिस्तानमा रहेको आफ्नो परिवारलाई लुम्बिनी आइपुगेको जानकारी थिए । त्यसपुिछ उनि एकाएक सम्पर्कविहिन बनेका हुन् । जागिरका लागि अन्तवार्ता दिन भन्दै नेपाल आएका हबिब हराएकोबारे पाकिस्तानी दूतबासले चासो राख्दै खोजी गरिदिन प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि नेपाली सुरक्षा निकायले घटनाबारे जानकारी पाएका हुन् ।

आइतबार परराष्ट्रबाट गृह मन्त्रालय हुदै हबिब हराएकोबारे प्रहरीको अपराध अनुसन्धान विभागमा पत्र पुगेपछि आतंकवाद र अन्तर्देशीय अपराध हेर्ने प्रहरी निकाय ब्युरो उनको खोजीमा खटिएको छ । ‘नेपाल आएका पाकिस्तानी पूर्वकर्नेल हराएकोबारे विभिन्न सञ्चारमाध्य तथा पाकिस्तानि दुतावसबाट जानकारी आएपछि उनको खोजी शुरु गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताए । उनले भने, खोजीकार्यका लागि केन्द्रसँगै भैरहवा प्रहरीलाई समेत खटाएको छौ ।’ छिट्टै प्रहरीले घटनाबारे सत्यतथ्य पत्ता लगाउने उनले बताए ।

उनको हवाई यात्राको विवरण संकलन गर्दा एयर अरेबियाको उडानमार्फत पाकिस्तानबाट ओमन आएको र ओमनको मस्कटबाट ६ अप्रिलमा नेपाल आएको देखिएको ब्युरोका एक अधिकारीले बताए । ती अधिकारी अनुसार उनी जुन दिन काठमाडौ उत्रिए त्यही दिन बुद्ध एयरको उडानबाट भैरहवा गएको विवरण समेत फेला परेको छ ।

पाकिस्तानी रक्षा मन्त्रालयका अनुसार केही दिनअघि उनले अनलाइनमा आफ्नो बायोडाटा पोस्ट गरेका थिए । उनलाई ब्रिटेनको मोबाइल नम्बर र एक वेबसाइटबाट सम्पर्क भएको तथा उक्त वेबसाइट भारतमा होस्ट गरिएको पाइएको पनि रक्षा मन्त्रालयको दाबी छ ।
उनलाई प्रतिमहिना ३,५०० देखि ८,५०० अमेरिकी डलर पारिश्रमिकको प्रस्ताव गरि ६ अप्रिल, २०१७ मा काठमाडौंमा अन्तरवार्ताका लागि बोलाइएको पनि पाकिस्तानी रक्षा मन्त्रालयले जनाएको छ । ६ अप्रिलदेखि नै उनि सम्पर्कमा नआएको उनको पारिवारिक स्रोतले जनाएको छ ।  लुम्बिनी पुगेर उनले पछिल्लो पटक आफ्नी पत्नीसँग कुरा गरेको पनि पाकिस्तानी रक्षा मन्त्रालयले जनाइएको छ ।

त्यसपछि उनको मोबाइल नम्बर लगातार स्वीच अफ भएको थियो । उनलाई सम्पर्क गरेर बोलाउने वेवसाइट पनि हाल बन्द रहनुले घटना अझै शंकास्पद बनेकोछ ।  उनलाई मार्क थम्पसन नाम गरेका व्यक्तिले राष्ट्रसंघीय निकायका लागि अन्तर्वार्ता दिन नेपाल बोलाएको बताइएको छ । ती व्यक्तिकाबारे जाँचबुझ गर्दा त्यस्तो नाम भएको हालसम्म कोही फेला नपरेको बताईएको छ । जाहिरलाई ती व्यक्तिले पठाएको भनिएको पत्रमा तीन दिन नेपालमा रहँदा एक दिन लुम्बिनीमा बिताउने र तीन दिन राजधानीको एउटा पाँचतारे होटलमा बस्ने उल्लेख छ ।

पाकिस्तानमा उनको परिवारले जाहिर हराएको भन्दै खोजी गरिदिन आग्रहसहित निवेदन दिएपछि उनको खोजि गरिदिन पाकिस्तानी दुतावासले नेपाल प्रहरीलाई आग्रह गरेको हो । पाकिस्तानी अधिकारीहरुले जाहिरसँग सम्पर्कमा रहेको मार्क थम्पसन भन्ने मानिस नक्कली रुपमा खडा गरिएको र उनको कम्पनीको वेबसाइट समेत बन्द भएको तथ्य पत्ता लागेपछि पाकिस्तानी रक्षा मन्त्रालयले हराएका भारतीय गुप्तचर एजेन्सी ‘रअ’ले अपहरण गरेको हुन सक्ने जनाएको छ । पाकिस्तानी रक्षा मन्त्रालयले ट्विीटमा यसो भनेको हो । भने उनको रिहाइको लागि माग समेत गरेको छ । मोहम्मद हबिबले पाकिस्तानी सेनाबाट ३१ अक्टोबर, सन् २०१४ मा अवकाश पाएका थिए ।