आइजिपीमा अर्याललाई नियुक्ति गर्ने सहमति
प्रकासित मिति : २०७३ चैत्र २६, शनिबार ००:३९
प्रकासित समय : ००:३९
काठमाडौं , डिआइजी प्रकाशचन्द्र अर्याललाई नेपाल प्रहरीको मानिरीक्षक (आइजिपी) बनाउन सत्तासिन घटकबीच सहमति भएको खबर आजको नागरिकमा छ । सत्तारुढ माओवादी केन्द्र नेपाली कांग्रेस र राप्रपाका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो ।
स्रोतका अनुसार आइजिपी चयनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा र कमल थापाबीच तीन दिनअघि भएको छलफलमा अर्यालको नाममा सहमति बनेको हो ।
वरियातामा हिलो नम्बरमा रहेका नवराज सिलवालको पक्षमा सबै सकारात्मक भए पनि कार्यसम्पादन मूल्याङकनमा अर्याल अघि रहेकाले उनको नाममा सहमति भएको छलफलबारे जानकार स्रोतले बताएको छ ।