जाजरकोट घटनामा हाम्रो संलग्नता छैन – नेकपा

पार्टीको नाम जोडेर थप प्रचार गरिनु राज्यको दुरनियत

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटका नेपाली काँग्रेस नेता रविन्द्र समशेर शाहको हत्यामा आफ्नो पार्टीको संलग्नता नभएको बताएको छ । केन्द्रीय कार्यालय सचिव ध्रुबले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै शाहमाथि कुनै प्रकारको आक्रमण गर्ने पार्टीको योजना नभएको समेत बताएका छन् ।

“शाहमाथि आक्रमण गर्ने पार्टीको कुनै योजना नभएको प्रष्टिकरण जिल्ला पार्टीबाट घटना लगत्तै सार्वजनिक भइसकेको छ । सो कुरा जानकारी हुँदाहुँदै पार्टीको नाम जोडेर थप प्रचार गरिनु पार्टीप्रति राज्यको दुरनियत रहेको स्पष्ट हुन्छ ।” विज्ञप्तिमा घटनाबारे पार्टीले अनुसन्धान अनुसन्धान गरिरहेको उल्लेख छ ।

घटनाको बहानामा गिरफ्तार गरिएका कार्यकर्ताको रिहाईको माग गर्दै यातना र धरपकड बन्द गर्न समेत आग्रह गरिएको छ । विज्ञप्तिमा धरपकड र गिरफ्तारी नरोकिए त्यसबाट उत्पन्न हुने परिस्थितिको राज्यले लिनु पर्ने चेतावनी दिइएको छ ।
नेता शाहको चैत १५ गते अज्ञात समूहले हत्या गरेको थियो ।
यस्तो छ विज्ञप्तिः