पर्यटन बोर्डले बाँड्यो बिदेशी सञ्चारलाई करोडौँ रकम,

मन्त्री भन्छन मलाई थाह छैन

नेपाल पर्यटन बोर्डले पर्यटन मन्त्री दिलनाथ गिरीलाईसमेत पत्तो नदिई बिदेशी सञ्चार माध्यम बीबीसी, ट्रीप एडभाईजर, र रोयटर्ससंग बिज्ञापन सम्झौता गरेको छ । बोर्डले सोमबार बिदेशी सञ्चार माध्यम बीबीसीलाई ६ करोड ८० लाख, ट्रीप एडभाईजरलाई २ करोड ५० लाख र रोयर्टससंग ७५ लाख रुपैयाको बिज्ञापन सम्झौता गरेको छ । पर्यटन मन्त्री गिरी बिरामी भएर उपचार्थ भर्ना भएको मौका छोपेर बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले नियमबिपरित रकम बाँडेका हुन् । उन्ले आफू निकटका पर्यटन व्यवसायीलाई भेला पारेर सम्झौतामा हस्ताक्षर गरे । पर्यटन मन्त्री गिरीले मन्त्रालयलाई भुङ्रोमा राखेर कुन आधारमा रकम बितरण गरीएको हो आफूले तुरुन्त जानकारी माग्ने बताए ।

अनधिकृत रुपमा नेपालको पर्यटन प्रर्वद्धनको लागि जम्मा गरीएको पैसा कसरी बाडियो त्यसको खोजी मन्त्रालयले मात्र हैन पर्यटन व्यवसाीहरुलेसमेत खोज्नु पर्ने बताए । उन्ले आफू केहि दिन बिरामी परेर आराम गरी रहेको अवस्थामा तत्काल किन सम्झौता गर्नु प¥यो ? यसमा खोट भएको बताए । नेपालको पर्यटन प्रर्वद्धनमा अहोरात्र लागेका नेपाली मिडियाहरुलाई लात्ती हान्दै पर्यटन बोर्डले यसरी रकम बाड्नु अनुचित भएको मन्त्री गिरीको भनाई छ ।

यता टानका महासचिव कर्ण लामाले पनि देशभित्रका सञ्चारमाध्यमलाई बेवस्ता गरेर रकम बाड्नु गलत भएको बताए । बिदेशमा पनि नेपालको पर्यटन प्रचार प्रसार गर्नु ठिक हो तर, नेपालको पर्यटन प्रर्वद्धनमा लागेका सञ्चारमाध्यमलाई गरीएको बेवस्ताले आशंका उब्जीएको बताए । यसमा कमिसनको खेल हुन सक्ने उन्को भनाई थियो । कमिसनको खेल भए भोली थाहा हुने कुरा हो । त्यसमा सबैले चासो राख्नु पर्छ । लामाले भने । पर्यटन बोर्डले नेपालको पर्यटन प्रर्बदनमा खासै लगानी नगरी घुमफिरमा रकम सक्ने गरेको गुनासो गरे । गुम्वा निमार्ण, पार्टी निमर्ण, मन्दिर परिसरमा पदमार्ग बनाउने, ढुंगा बिछ्याउने काममा र आफ्ना आसेपासेलाई रकम बितरण गरेर कमिसन खाने गरेको बताए ।