प्रधानमन्त्रीले जवाफ दिने
प्रकासित मिति : २०७३ चैत्र २२, मंगलवार ००:३६
प्रकासित समय : ००:३६
काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिन तयार भएका छन । आजको नेपाल समाचारपत्रमा खबर छ ।
सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो । एनसेल प्रकरणका विषयमा व्ययवस्थापिका संसदको सार्वनिक लेखा समितिमा बारम्बार छलफल हुँदै आएको छ ।
समितिले यस प्रकरणमा प्रधानमन्त्री पनि मुछिएकोले सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीले चैत २७ गते आइतबार सार्वनिक लेखा समितिमा जवाफ दिनेछन् ।