१० बर्षे दन्द्धकालझैं गाउँ गाउँबाट एनजीओकर्मीको भागाभाग

जाजरकोट ,जिल्लामा विभिन्न कार्यक्रम लिएर गाउँगाउँ पुगेको एनजीओकर्मीहरु भागभाग भएका छन् । असुरक्षाको कारण देखाउँदै जाजरकोटमा कार्यरत एनजीओकर्मीले गाउँ छाडेका हुन् ।

पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रवीन्द्रशमशेर शाहको गत १५ गते बेलुकी भएको हत्यापछि यहाँ कार्यरत एनजीओकर्मीले असुरक्षा महसुस गरेका थिए । उनीहरूले गाउँ छोडेपछि गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रम प्रभावित बनेका छन् ।
असुरक्षाका कारण कार्यक्षेत्रका सबै कर्मचारी सदरमुकाम खलङ्गा फर्काएको र अनिश्चितकालका लागि कार्यक्रम पनि स्थगित गरेको उनको भनाइ छ ।

अहिले हेल्भेटास नेपाल, सेभ द चिल्डेन, कारितास अष्ट्रेलिया, युएसएआइडीलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दर्जनभन्दा बढी स्थानीय संस्थाद्वारा सञ्चालित सबै कार्यक्रम स्थगित भएका छन् । ती संस्थामा कार्यरत ५०० भन्दा बढी कर्मचारी खलङ्गामा केन्द्रित भएका छन् ।