मुग्लिनमा सुख्खा पहिरोः सवारी साधन च्यापिए, १ को मृत्यु, १० पुरिए

चितवन, मुग्लिन-नारायणगढ सडकमा सुख्खा पहिरो गएको छ । पहिरोले केही सवारी साधन पुरेको छ । सडक खण्डको घुमाउनेमा खसेको पहिरो ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल पुरेको प्रहरीले बताएको छ । दुई जनाको च्यापिएर मृत्यु भएको छ भने दुई जनाको उद्दार गरिएको छ ।

सोमबार विहान १० बजे पहिरो खसेको थियो । काठमाडौंतर्फ जाँदै गरेको ग१० ख ४८४४ नम्बरको मोटरसाइकलमा सल्यानका रेशराज राना सवार थिए। उनीसँगै उनका छोरा सन्दीप पनि सँगै थिए । मोटरसाइल पुरिँदा छाेरा सन्दीप पनि घाइते भएका छन् ।
ठूला ठूला चट्टानसहितको पहराे खसेर पुरिएको ना६ख ६६६४ को ट्रकलाई झिकिएको छ भने ना४ख ५४१९ नम्बरको ट्याङकर र रा१ख ७७९ नम्बरकाे मिनिट्रक पुरिएको स्थानबाट झिक्ने कोशिस भइरहेको छ ।

पुरिएका सवारीमा १० जना बढी पुरिएको अनुमान छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे उद्दार टोली घटनास्थल पुगेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
सवारी साधनमा च्यापिएर घाइते लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले सवारी आवागमन ठप्प भएको छ ।