नेतृत्व पाए गोदावरीलाई सपनाको शहर बनाउने घिमिरेकाे दावी

नेपालमा करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनको सरगर्मी उच्च अवस्थामा पुगिसकेो छ । निर्वाचन आयोगले बैशाख गते स्थानिय निकायको निर्वाचन हुने जानकारी गराएलगत्तै उम्मेदवारहरु तछाडमछाड गरि राजनितिक पार्टीहरुमा ‘लबिङ’ शुरु गरिसकेका छन् । नेपालभरिकै नगरपालीकामा चुनावी रौनक छाइरहदा राजधानीसंगै गाँसिएको

गोदावरी नगरपालिकामा पनि निर्वाचनको सरगर्मी शुरु भईसकेको छ । विभिन्न दलका विभिन्न पदमा रहेका स्थानिय नेताहरुले मेयर पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । दश वर्षे जनयुद्धबाट सफलता हासिल गर्दै आएको माओवादी केन्द्रले पनि ललितपुर नगरपालिकाको मेयरको उम्मेदवार छान्ने प्रकृयालाई अगाडि बढाईसकेको छ । गोदावरी नगरपालिकाको मेयर पदमा विभिन्न व्यक्तिहरुले आकांक्षा देखाएपनि पार्टीले भने उम्मदेवारको हिसाबमा स्थानिय नेता एवं समाजसेवी राज घिमिरेलाई उम्मेदवारको रुपमा मेयर पदका लागि चुनावमा टिकट दिने जनाएको छ । माओवादी स्रोतका अनुसार ललितपुर गोदावरी नगरपालीकाको मेयर पदका लागि राज घिमिरेलाई उम्मेदवारको टिकट दिने लगभग पक्कापक्की भैसकेको छ ।

माओवादी केन्द्रको स्रोतले दिएको जानकारी अनुसार गोदावरी क्षेत्रका हरेक समस्याहरुलाई दिनरात नभनी सुल्झाउन लागिपर्ने घिमिरेले राष्टको लागि अवश्य केहि गर्ने विश्वास लिएको बताएको छ । नेता घिमिरे आफुले नेतृव पाए ५ वर्षमा गोदावरीलाई सपनाको सुन्दर शहर बनाउने ठोकुवा गर्छन् । उनि भन्छन् – “ यहाँ यदि दक्ष जनशक्ति परिचालन गर्न सकेमा गोदावरी नेपालकै सुविधा सम्पन्न र सुन्दर नगरपालीका बन्नेछ ।, नेताहरुले राजनितिमा ध्यान दिए पनि विकासकमा ध्यान नदिने गरेकाले युवा पिढीलाई अवसर दिए गरेर देखाउछु । “ गोदावरी प्राकृतिक स्रोत साधनले अत्यन्त धनि मानिन्छ तर पनि विकासको निम्ति सच्चा नेतृत्वको अभाव गोदावरीले गरिरहेको अवस्थामा घिमिरे उम्म्ेदवारमा उठ्नु गोदावरीको लागि सुखद कुरा भएको स्थानियको भनाई छ । केन्द्रीयस्तरमा घिमिरेको सम्बन्ध र स्थानियस्तरमा उनको प्रभाव देखेर नै माओवादीर्ले उनलाई मेयरको टिकट उपलब्ध गराउन लागेको उनी निकट स्रोतको भनाईछ । त्यसैमाथि गोदावरीको ईमान्दार कार्यकर्ताको रुपमा पार्टीमा राम्रो छवि बनाएको कारणले पनि घिमिरेलाई मेयरको लागि टिकट दिन लागिएको स्रोतको दाबी छ ।

राजनीतिममा सक्रिय र स्वच्छ छवि बनाएका घिमिरेलाई पार्टील ेगोदावरी नगरपालिकाको मेयर पदका लागि टिकट उपलब्ध गराउने ‘ग्रीन सिग्नल’ दिएलगत्तै स्थानियस्तरमा पार्टी सम्बन्धित युवाहरु जोसिएका छन् । समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमीका युवाहरुको नै हुने भएकाले पनि नेता घिमिरेलाई मेयरका रुपमा अघि सारिने गोदावरी नगरपालकिाका अग्रजहरु बताउँछन् । गोदावरी क्षेत्रमा समाजसेवीका रुपमा अग्रपंतीमा नाम आउने घिमिरेले अब युवापुस्तालाई देश बनाउन जिम्मा दिनुपर्ने बताउँदै आफुले आमुल परिवर्तन ल्याएरै छाड्ने दृढता व्यक्त गर्छन् ।

घिमिरे पछिल्लो पुस्ताले एकदमै रुचाईएका व्यक्ति मध्ये पर्दन् । राजनितिमा निकै सक्रियताका साथ लागेका घिमिरे राजनीतिक स्थायीत्व र भिजन सहितको नेतृत्वका धनी भएकै कारण उनलाई नै मेयर बनाईनुपर्ने गोदावरी नगरपालीकाको समुदायको धारणा छ । कलाकारीतासंगै समाजसेवा र राजनितिमा संलग्न घिमिरेले भुकम्पका समयमा पिडितको दुखमा मह्लम लगाउने काम गरेका थिए । गोदावरी क्षेत्रमा हुने बाह्रबर्षे मेलादेखि भुकम्पको पिडामा साथ र राहत दिने घिमिरे नै नेतृत्वको हकदार भएको समुदायको भनाई छ । चलचित्रका नायकका रुपमा चर्चा कमाएका नेता घिमिरे रामजनितिबाट समाज विकासको बाटो पहिल्याउने बताउँछन् । उनलाई नेतृत्व सम्हाल्ने मौका पाए देश र जनताकै नायकका रुपमा अगाडी आउने स्थानियको भनाई छ ।