किसानलाई मोवाइल र सिमकार्ड बाँडियो

काभ्रे ,कृषि तथा पशुपालनसम्बन्धी सूचना किसानको हात हातमा पुर्याउन ४३ कृषकलाई नि:शुल्क मोवाइल र सिमकार्ड वितरण गरिएको छ । कृषि विकास मन्त्रालयको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत २६ कृषक र १७ पशुपालक किसानलाई सिमसहितको मोबाइल वितरण गरिएको हो ।

कृषि व्यवस्थापन सूचना प्रणाली अन्तर्गत एन्रोएड फोनमा रहने हाम्रो कृषि एपमार्फत विभिन्न बाली, मौसम, रोग किरा, प्रविधिबारे जानकारी दिइन्छ । कृषकले राखेको जिज्ञासाको समधान पनि एपमार्फत गरिने व्यवस्था मिलाईएको बाली विकास अधिकृत थर्कबहादुर जीसीले जानकारी दिए । आजको कान्तिपुरमा खबर छ ।