गजल
प्रकासित मिति : २०७३ चैत्र १९, शनिबार ०२:००
प्रकासित समय : ०२:००
सपना बोकी आखा भरी कहाँ पुग्ने हो
उड्यो यो मन भुवा सरी कहाँ पुग्ने हो ।
मलाई पनी जानू छ तिमी संग संगै
भनी देउन मैना चरी कहाँ पुग्ने हो ।
फुल सम्झी काडा माथी दिल राखी दिए
बैगुनी लाई माया गरी कहाँ पुग्ने हो ।
यात्रा बिहिन जिन्दगी भिजाउदै आज
खोला नाला सागर तरी कहाँ पुग्ने हो ।
बिरानो यो सहर मा कोहि छैन आफ्नो
थाहा छैन म कठै बरी कहाँ पुग्ने हो ।।
जाजरकाेट सक्ला