पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८० रन बनायो।

१८१ रनको लक्ष्य पछ्याएको टेष्ट राष्ट्र पाकिस्तानले इमाम उलहकको सर्वाधिक सतकीय पारीको मद्धतले ४५.१ ओभरमा जित हात पार्‍यो।
नेपालका लागि सन्दिप लामिछाने र कप्तान ज्ञानेन्द्र मल्लले २-२ विकेट लिए।