कुसे गाँउपालिका प्रमुखमा एमालेबाट युवा नेता छाेटा राजनकाे दावी

झट हेर्दा भर्खरका लक्का जवान देखिने छाेटा राजन उर्फ राजन थापा यतिबेला ब्यस्त देखिन्छन । उनलार्इ चुनावी माहाेलले भ्याइ नभ्याइ भएकाे छ । एमाले भातृ संगठन युवासंघ नेपालका केन्द्रिय सदस्य समेत रहेका राजन सानै उमेरमा एमाले राजनितिमा लागेका शसक्त युवा हुन । उनि यतिबेला अाफनाे गृहक्षेत्र कुसे गाँउपालिकाकाे प्रमुख उमेद्वारमा उठने तयारी गरीरहेका छन । 

 

गाउँपालिकाहरूमा यतिबेला चुनावी सरगर्मी बढेको छ । जिल्लाका दलहरू यत्तिखेर नगरपालिकामा आफ्नो वर्चस्व कायम राख्न बढी केन्द्रित भएको देखिन्छ । सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय निकायको निर्वाचनको घोषणा गरेसँगै यत्तिखेर जाजरकाेटमा  चुनावी जोडघटाउ शुरु भइसकेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका नेता तथा कार्यकर्ता टिकटको लागि दौडधुपमा व्यस्त देखिएका छन् । चियापसल, तरकारीपसल तथा दूध डेरी लगायतका ठाउँहरूमा यत्तिखेर निर्वाचनमा को उठ्ने र कसले जित्ने भन्ने चर्चा हुने गरेको छ ।

दुई दशकसम्म जनप्रतिनिधिविहीन बन्नुपरेको कुरा भुल्दै यत्तिखेर गाउँगाउँमा चुनावी माहोल बनिरहेको  थापाले जानकारी दिए । यत्तिखेर दलका कार्यालयहरूमा टिकटका लागि दौडधुप शुरु भइसकेको छ । नयाँ संरचनाअनुसार निर्माण भएका गाउँपालिका र नगरपालिकामा दलले यत्तिखेर आफ्ना कार्यक्रम बढाएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चालगायत दलले चुनावी अभियान शुरु गरिसकेका छन् ।

यस्ता छन कुसे गाँउपालीमा एमालेका सम्भावित उम्मेदवार

एमालेबाट कुसे गाँउपालीकामा उठने मनसाय बाेकेका युवा राजन थापा उर्फ छाेटा राजन प्रखर युवा मानिन्छन । उनले अबकाे राजनिति र गाँउपालिका बिकासका लागि युवाहरूकाे अावश्यक्ता भएकाे भन्दै  अबसर युवाले पाउनु पर्ने बताएका छन ।  उनले अाफु कुसे गाँउपालीकाकालागि याेग्य उम्मेदवार भएकाे भन्दै अाफु नै हुनुपर्ने बताए । तर एमाले कुसे गाँउपालीकामा भने एमालेले अान्तरिक रूपमा प्रेम प्रसाद घर्तिलार्इ अगाडि सार्ने हल्ला चलिरहेकाे बेला राजनले अाफु हुनु पर्नेमा दावी गरेका छन । उनले अाफुले नपत्याउने ढंगले जितेर देखाइदिने समेत दावी गरेका छन ।

काे हुन छाेटा राजन ?

कसैले साेच्लान भारतिय मस्टवान्टेड तथा अन्डरवल्डर डन छाेटा राजन हुन । त्यसाे नभएर उनि जाजरकाेटकाे ढिमे १ दम्दालामा एक मध्यम परिवारमा जन्मिएका सामान्य बालक हुन । इन्जिनिएर पढने उद्यश्यले काठमाडाैँ भित्रीएका राजनलार्इ पढाइ भन्दा राजनितिले अधिक छाेयाे उनि राजनितिकाे भुक्तभाेगी भएर हिडन थाले अाफना वरिपरी टन्न युवाहरू राखेर परिचालन गर्न सक्ने खुबी भएका राजनले काठमाडाैमा राम्रै जमाए । एमालेकाे युवासंघकाे केन्द्रिय राजनितिमा पुगे । सानैदेखी एमाले राजनितिमा लागि परेका छाेटा राजन जाजरकाेटकाे एमाले भित्र प्रखर युवाका रूपमा चिनिन्छन । उनि अान्तरिक बिवादका कारण युवा परिषदबाट पनि फुत्क्याइएका थिए । सानैदेखी कमर्ठ ढंगले लागेका युवा नेता छाेटा राजन राजनिति अस्तित्वकाे लडाइ भएकाले  अाफुलार्इ अहिले सम्मा पार्टि भित्र अन्याय भएकाे बताउदैँ याे परिबेशमा भने नेताहरूले अन्याय नगर्नेमा अाशाबादी रहेकाे बताउछन । 

अन्य दलहरूमा 

त्यस्तै माअाेबादी केन्द्रबाट शसक्त युवा नेतृ पार्वती थापाले दावी गरेकी छन भने । काँग्रेसबाट पत्रकार भिम बहादुर सिंहकाे दावी रहेकाे बुझिएकाे छ । नयाँ शक्ति नेपाल, राप्रपा नेपालले  लगायतका दलले पनि गाँउपालिका निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् ।