कंगोमा विद्रोहीद्वारा ४० जना सुरक्षाकर्मीको हत्या
प्रकासित मिति : २०७३ चैत्र १३, आईतवार ०१:०८
प्रकासित समय : ०१:०८
एजेन्सी, अफ्रिकी मुलुक कंगोमा विद्रोही समूहले ४० जना सुरक्षाकर्मीको शीर छेदन गरी हत्या गरेका छन् । कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको हो । प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना नासापुले धरापमा पारेको हो ।
उक्त गाडीमा ४६ जना प्रहरी रहेकामा ६ जनालाई भने मुक्त गरेको कंगोका अधिकारीहरुले जनाएका छन् । गत अगष्टमा विद्रोही समूह कामबिना नासापुका नेता मारिएपछी आक्रोशित बनेको सो समूहले सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण जारी राखेका छन् ।
संयुक्त राष्ट्रसंघले जनाए अनुसार उनी मारिएपछी कंगोको कसाईमा मात्रै ४ सय मानिस मारिएको र द्वन्द्वकै कारण २ लाख बिस्थापित भएका छन् ।