यसकारण साझा भक्तपुरमा गुड्दैन
प्रकासित मिति : २०७३ चैत्र १०, बिहीबार ०१:१५
प्रकासित समय : ०१:१५
काठमाडौं – यातायात व्यवसायी महासंघ लगायत जिल्लाका व्यवसायीहरुको विरोधका कारण साझा यातायताले भक्तपुरमा बस सेवा सञ्चालन गर्न नपाउने भएको खबर आजको कान्तिपुरमा छ ।
व्यवसायीको विरोधकै कारण साझाको भक्तपुर रुट परमिट (इजाजत) रोकिएको हो । भक्तपुरका राम्रो सडकमा मात्र नभइ ग्रामीण भेकमा समेत साझा सञ्चालनमा ल्याउनुपर्ने लगायत विभिन्न माग राखी यातायात व्यवस्था विभागमा उजुरी दिएपछि परमिट रोकिएको हो ।
महासंघका महासचिव सरोज सिटौलाले साझाले जनतालाई सेवा दिन नभइ नाफा खोज्न भक्तपुरमा बस सेवा सञ्चालन गर्न खोजेको आरोप लगाए ।