मेस्सी विरुद्ध बोल्नेलाई कारवाही

मेसीकाे अालाेचना गरेका कारण बार्सिलाेनाका निर्देशक बर्खास्त

एजेन्सी । अर्जेन्टिनाका चर्चित स्टार लियाेनल मेसीकाे अालाेचना गरेका कारण उनी सम्बद्ध क्लब बार्सिलाेनाले अाफ्ना एक निर्देशकलार्इ पदबाट बर्खास्त गरेकाे छ । बार्सिलाेनाकाे सफलता मेसीका कारणले मात्र नभएकाे भन्दै ती निर्देशकले एक कार्यक्रममा अाफ्ना भनार्इ राखेका थिए । तर, बार्साले याे भनार्इ क्लबकाे अाधिकारिक भनार्इ भन्दा विपरित भएकाे भन्दै उनलार्इ बर्खास्त गरेकाे हाे ।

यसरी बर्खास्तीमा पर्ने निर्देशक पेरे ग्राटाकाेस हुन् । उनी बार्सा क्लबकाे निर्देशक पदका कर्मचारी थिए । उनले शुक्रबार मेसीले मात्र खेल नजिताएको विचार व्यक्त गरेका थिए । ग्राटाकाेस कोपा डेल रे को ड्र मा बार्सिलोनाका तर्फबाट प्रतिनिधि बनेर सहभागी भएका थिए । उनले मेसीकाे अालाेचना भने साे क्रममा नभर्इ शुक्रबार मेसीकाे थप सम्झाैताबारे टिप्पणी गर्ने क्रममा अाफ्ना भनार्इ राखेका थिए ।

ग्राटाकाेसले भनेका थिए ‘मेसीले मात्रै क्लबलाई जिताएका होइनन् । लियो सबैभन्दा महत्वपूर्ण व्यक्तिमध्ये एक हुन् तर टोलीका सबैले गर्दा मात्रै क्लबले यो चरण पार गरेको हो। लुइस स्वारेज र जेराड पिके पनि उत्तिकै महत्वपूर्ण छन् । टिमको मेहनतले क्लब क्वाटरफाइनलमा पुगेको हो, मेस्सी एक्लैका कारण होइन ।’तर मेसी पक्कै पनि सर्वोत्कृष्ट खेलाडी हुन्।’

बार्सिलोनाका अधिकारी पेरे ग्राटाकोसले क्लबलाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्‍याउने मेस्सी मात्रै नरहेको बताएका थिए । बुधबार राति भएको दोस्रो लेगमा मेस्सीले ७८ औं मिनेटमा गरेको फ्रि–किक गोल मार्फत बार्सिलोना एथ्लेटिको बिल्बाओलाई समग्रमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

निर्देशक ग्राटाकाेसकाे याे भनार्इलार्इ क्लबले स्वागत गरेन । यही भनार्इ पछि क्लबले उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय समेत लिएको छ । क्लबले उनलार्इ जागिरबाटै बर्खास्त भने गरेकाे छैन । उनलार्इ निर्देशकबाट हटाएर अरु जिम्मेबारीमा कायमै राख्ने निर्णय क्लबले गरेकाे हाे ।

क्लबले शुक्रबार एक वक्तव्य जारी गरेर ग्राटाकोसलाई स्पेनिस फुटबल फेडेरेसनसँगको स्पोर्टिङ रिलेशन प्रमुखबाट हटाइएको जनाएको छ । तर उनी क्लबको युथ एकेडेमीको जिम्मेवारीमा भने रहने जनाइएको छ ।

स्राेतका अनुसार बार्सिलाेना लियाेनल मेसीलार्इ कुनै हालतमा पनि गुमाउन चाहदैन । उनलार्इ क्लबमा राखिरहनका लागि यस्ता खालका कुनै पनि टिप्पणीप्रति बार्सिलाेनाले तत्काल प्रतिक्रिया जनाउने गरेकाे छ । बार्सिलाेनासँग मेसीकाे अनुबन्ध सन् २०१८ मा समाप्त हुँदैछ । तर, बार्सिलाेना उनकाे अनुबन्धलार्इ लम्ब्याउन निकै प्रयास गरिरहेकाे छ । केही दिन अघि मात्र क्लबका सिइओ ओस्कार ग्रुले खेलाडी अनुबन्ध गर्दा क्लबले विचार पु¥याउनुपर्ने धारणा सार्वजनिक गरेका थिए । स्टार खेलाडीहरुले भरिएको बार्सिलोनामा बार्षिक बजेटको ७० प्रतिशतभन्दा बढी रकम खेलाडीहरुको तलबमा खर्च हुने बताइन्छ ।